इजरायली वायुसेनाले दक्षिण लेबननमा हेजबुल्लाहका ठुला लक्ष्यहरूमा हमला गरेको छ। यो हमलालाई इजरायल र हेजबुल्लाहबीचको सन् २०२२ को युद्धविरामपछिको सबैभन्दा ठूलो तनावको रूपमा लिइएको छ।
इजरायलले यो आक्रमण लेबननबाट पाँचवटा क्षेप्यास्त्र प्रहार भएपश्चात् गरेको हो। इजरायल रक्षा बलका अनुसार तीनवटा क्षेप्यास्त्र इजरायली वायु रक्षा प्रणालीले रोकेको थियो भने दुईवटा लेबननमै खसे। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले “आतंकवादी लक्ष्यहरूमा कडा कारबाही” गर्न आदेश दिएका छन्।
लेबननको सेनाले पनि दक्षिणी क्षेत्रमा तीनवटा प्रिमिटिभ रकेट लन्चर (साधारण र प्रारम्भिक रकेट प्रक्षेपक)फेला पारेको बताएको छ तर हेजबुल्लाहले हमलाको जिम्मेवारी नलिएको स्पष्ट गरेको छ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसन युनीफिलले घटनामा चासो व्यक्त गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। यसैबीच, इजरायलले गाजा क्षेत्रमा पनि पुनः सैन्य कारबाही थालेको छ, जसले केही महिना टिकेको युद्धविरामलाई तोडेको छ।
लेबननका राष्ट्रपति जोसेफ औनले आफ्नो नागरिकहरूलाई सुरक्षा दिने र अनुसन्धान अघि बढाउने निर्देशन दिएका छन्।
प्रतिक्रिया