राष्ट्रपति डोनील्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच लामो कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ ।
उनीहरूले युक्रेनमा युद्धविरामका लागि तुरुन्त वार्ता सुरु गर्ने सहमति जनाएका छन्। क्रेमलिनको विवरणअनुसार, रूसले शान्ति प्रक्रिया अघि बढाउनको लागि युक्रेनलाई विदेशी सैन्य सहायता र गुप्तचर जानकारी प्रदान गर्ने कार्य पूर्ण रूपमा रोक्नुपर्ने शर्त राखेको छ। तर, ह्वाइट हाउसको विवरणमा ट्रम्पको यो मागप्रति कुनै प्रतिक्रिया उल्लेख गरिएको छैन।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यअनुसार, दुबै नेताले द्वन्द्व अन्त्य गरी स्थायी शान्ति कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले ऊर्जा र पूर्वाधारमा युद्धविराम सुरु गर्ने, कालो सागर क्षेत्रमा समुद्री युद्धविरामबारे छलफल गर्ने, र अन्ततः पूर्ण युद्धविराम तथा स्थायी शान्ति स्थापना गर्ने सम्झौता गरेका छन्। यो शान्तिवार्ता मध्य पूर्वमा सुरु हुनेछ।
साथै, ट्रम्प र पुटिनले अमेरिका-रूस सम्बन्ध सुधार्नुपर्ने आवश्यकता औंल्याएका छन्, जसले दुवै देशका लागि आर्थिक अवसरहरू सिर्जना गर्न सक्ने र विश्वव्यापी स्थिरता ल्याउन सक्ने ह्वाइट हाउसले जनाएको छ।
प्रतिक्रिया