पूर्वी जर्मनीको गेरा शहरमा आइतबार एक आक्रमणकारीले डिब्बा (ट्राम) भित्रै एक महिलामाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाइदिएको छ। उक्त महिलालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ भने आक्रमणकारी फरार रहेको प्रहरीले जनाएको छ।
जर्मन समाचार निकाय डिपिएका अनुसार घटनामा अन्य कुनै व्यक्तिलाई चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ। डिब्बा (ट्राम)मा सवार यात्रुहरूले आपतकालीन बटन थिचेर रेलगाडी (ट्राम) रोकेका थिए, जसको मौका छोपी आक्रमणकारी भाग्न सफल भएको थियो।
रेलगाडी चालकले तत्काल आगो निभाउने प्रयास गरेका थिए। ४६ वर्षीय पीडित महिलालाई उदग्रबिमान (हेलिकप्टर)मार्फत अस्पताल पुर्याइएको छ।
प्रहरीले आक्रमणकारीको खोजी जारी राखेको जनाएको छ। आक्रमणको कारण स्पष्ट भै नसकेको र आक्रमणमा प्रयोग भएको तरल पदार्थबारे जानकारी सार्वजनिक गरिएको छ।
प्रतिक्रिया