नेवा पुच: मेलबर्नले छ: महिने तालिमपस्चात धिमे बाजा प्रतियोगिता परिणाम सार्वजनिक

इनेप्लिज २०८१ फागुन २९ गते २:२४ मा प्रकाशित

१० मार्च, थोर्नबरी, मेलबर्न: नेवा पुच: मेलबर्नले लगातार छ: महिना धिमे बाजा बजाउन तालिम दिएपस्चात धिमे बाजाको पूजा गर्दै तालिममा सहभागीहरुको नाच, गान र धिमे बाजा बजाउने आकर्षक प्रस्तुतिहरु प्रस्तुत गर्दै प्रतियोगिताको परिणाम घोषणा गरेको छ ।

कार्यक्रमको लागि प्रबेश गर्ने सबैलाई शुरुमा नै नेवारी परंपरा अनुरुप टीका, रातो धजा र फूल प्रदान गरिएपस्चात कार्यक्रम स्थलमा प्रबेश गराइएको थियो ।

भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत निराजन गौली, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्यका संयोजक मणिरत्न सापकोटा, नेप्लिज नेबरहूड कम्युनिटीका कृष्ण बहादुर महरा, निलेश कर्माचार्य, सुशिल चालिसे आदिको उपस्थिति रहेको उक्त कार्यक्रम उत्कृस्ट ३ जना र सहयोगी २ जना समिर महर्जन, कृतिका महर्जन, आकर्षन नेमकुल, किरण महर्जन, आयुषा महर्जनको संयुक्त प्रस्तुतिपछि समिर महर्जन बिजेता भएको घोषणा गरिएको थियो ।

बिजेता महर्जनलाई संस्थाका अध्यक्ष संजिव श्रेष्ठ र गुरु रफिक महर्जनले पुरस्कार प्रदान गरेका थिए भने तालिममा सहभागी सबैलाई अबैतनिक बाणिज्य दूत गौलीले प्रमाणपत्र प्रदान गरेका थिए ।

जेनिश महर्जन र कृपा शाक्य लामाद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा कार्यक्रमका डाइरेक्टर सचिन महर्जन, पब्लिक रिलेशन अफिसर किरण महर्जन लगायत संस्थाका सबैको उपस्थिति थियो ।

कार्यक्रमका केही भिडियोहरु

प्रतिक्रिया