नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट आएको सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा खतिवडाले अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे भनेर प्रश्न पनि गरे ।
‘अमेरिकाले दिएको रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा आएको छ । यस्तो रकम कति नेपालमा आएको हो, र क–कसले प्रयोग गरे ?,’ उनले भने ।
उनले देशलाई नै बदनाम हुने काम भएको भए श्वेतपत्र जारी गर्नुपर्ने बताए । ‘एनजीओ र आईएनजीओबाट आएका र अन्य काममा प्रयोग भएका रकम कति छन् ? त्यो रकमलाई लिएर नेपाललाई नै बदनाम गर्ने काम भएको छ भने भएको के हो ? श्वेतपत्रका रूपमा जारी गरोस्,’ उनले भने।
प्रतिक्रिया