युक्रेनी राष्ट्रपति भोलोदिमिरसँगको आक्रोशपूर्ण भेटघाटपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सहायता रोक लगाएको फक्सन्यूजले समाचार लेखेको छ । गत हप्ता शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको आक्रोशपूर्ण भेटघाटपछि ट्रम्पले यो कदम चालेका हुन्।
ट्रम्पले तनावपूर्ण भेटघाटको क्रममा जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धसँग जुवा खेलेको’ भनि आरोप लगाएका थिए ।
फक्स न्यूजका वरिष्ठ ह्वाइट हाउस संवाददाता ज्याकी हेनरिकले ‘विशेष रिपोर्ट’ मा राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको आक्रोशपूर्ण भेटघाटबाट हुने प्रभावको बारेमा पछिल्लो जानकारी दिएकी हुन् ।
फक्सन्यूजका अनुसार ट्रम्प प्रशासनले युक्रेनलाई दिइने सबै सहायता रोकिरहेको छ । सहायता सामग्रीहरु पारवहन(ट्रा न्जिट) वा पोल्याण्डमा रहेका हतियारहरू पनि समावेश छन् ,समाचारमा भनिएको छ ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प युक्रेनमा रूसको पूर्ण आक्रमणबाट सुरु भएको तीन वर्षभन्दा बढी समयदेखिको युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा पुग्नमा केन्द्रित छन्, र जेलेन्स्की त्यो लक्ष्यमा “प्रतिबद्ध” भएको चाहन्छन्।
अमेरिकाले “समाधानमा योगदान पुर्याएको सुनिश्चित गर्न” आफ्नो सहायता “रोक्दै र समीक्षा” गरिरहेको छ। सहयोगको बारेमा छलफल गर्न अधिकारीले नाम न छाप्ने सर्तमा कुरा गरेको एपीन्यूजले जनाएको छ ।
प्रतिक्रिया