२०२५ अस्कार पुरस्कार : ‘अनोरा’ ले उत्कृष्ट चलचित्रसहित पाँच पुरस्कार जित्यो

इनेप्लिज २०८१ फागुन १९ गते १५:१० मा प्रकाशित

लस एन्जलस – ९७औं एकेडेमी अवार्ड्समा चलचित्र अनोराले पाँच ओटा ओस्कार पुरस्कार जित्दै साँझको सर्वाधिक सफल चलचित्र बन्यो। 

यसले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकसहित विभिन्न श्रेणीमा पुरस्कारहरु हात पारेको छ । निर्देशक सीन बेकरले अनोराको निर्देशन, सम्पादन, लेखन र सह-निर्माण गर्दै चार अस्काक जिते, जसले एकै व्यक्तिले एकै वर्षमा सबैभन्दा धेरै अस्कार जित्ने वाल्ट डिज्नीको कीर्तिमानसँग बराबरी गरेको छ ।

यस वर्ष सबैभन्दा धेरै १३ मनोनयन पाएको एमिलिया पेरेजबाट कार्ला सोफिया गास्कोन अस्कार अभिनय श्रेणीमा मनोनयन प्राप्त गर्ने पहिलो ट्रान्सजेन्डर( परालैगिक) महिला बनिन्। 

तर, उनको अस्कार अभियान विवादित बन्यो जब सामाजिक सञ्जालमा उनका आपत्तिजनक प्रकाशन सार्वजनिक भए। 

उत्कृष्ट अभिनेत्रीको पुरस्कार अनोरामा शीर्षक भूमिका निभाएकी मिके म्याडिसनले जितिन्।

 ब्रुटालिस्टमा वास्तुकार लास्ज्लो टोथको भूमिका निर्वाह गरेका एड्रियन ब्रडीले आफ्नो दोस्रो उत्कृष्ट अभिनेता अस्कार जिते। 

टिमोथी चालामेट, सेबास्टियन स्ट्यान, राल्फ फिएन्स र कोलम्यान डोमिंगो पनि यस श्रेणीका मनोनितहरू थिए।

यस वर्षको अस्कार समारोह पूर्व लेट नाइट र द टुनाइट प्रदर्शन( सो)का कार्यक्रम प्रस्तोता कोनन ओ’ब्रायनले सञ्चालन गरे। 

यो उनको पहिलो अस्कारमा आतिथ्यता गरेको अनुभव रहेको थियो। २०२५ अस्कारलो नयाँ किर्तीमान बनाउनुका साथै विवाद र ऐतिहासिक क्षणहरू पनि प्रस्तुत गर्‍यो।

प्रतिक्रिया