अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग व्हाइट हाउस ओभल कार्यालयमा बहस भए पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग बीच लन्डनमा भेटघाट भएको छ । उनलाई भब्य स्वागत गरियो ।
ट्रम्पसँगको भेटघाट असफल भएपछि युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट बाहिर निस्कन भनिएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शनिबार लन्डनको १० डाउनिङ सेन्ट बाहिर बेलायती प्रधानमन्त्री स्टारमरले अँगालो हाले र न्यानो स्वागत गरे ।
ओभल अफिस(कार्यालय)मा शुक्रबार पत्रकारहरु बीच मै ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको झडप पछि लन्डनको निर्धारित भ्रमण आएको हो।
प्रधानमन्त्रीको निवास बाहिर ट्रम्पको बारेमा पत्रकारहरूले चिच्याउने गरि प्रश्नहरू जेलेन्स्कीलाई राखे तर उनले मौनता कायम राखे।
स्टारमरले जेलेन्स्कीलाई अभिवादन गर्दै भने तपाई धेरै स्वागत छ र तपाईलाई संयुक्त अधिराज्यभरि पूर्ण समर्थन छ, र हामी युक्रेनको साथमा जति समय लाग्छ त्यति समयसम्म उभिन्छौं।”
उनले थपे, मलाई आशा छ ,तपाईले सडकमा जयजयकार सुन्नु भयो । त्यो संयुक्त अधिराज्यका जनताले तपाईलाई कति समर्थन गर्छन्, युक्रेनको लागि सार्वभौमिकता र सुरक्षामा आधारित युक्रेनको लागि स्थायी शान्ति, युक्रेनको लागि धेरै महत्त्वपूर्ण छ ,युरोपको लागि धेरै महत्त्वपूर्ण छ र संयुक्त अधिराज्यको लागि पनि हो । त्यसैले म आज दिउँसो यहाँ छलफलको लागि धेरै उत्सुक छु। कुराकानीको लागि समय निकाल्नु भएकोमा धेरै धेरै धन्यवाद।”
जेलेन्स्की धन्यवाद दिए । उनले अगाडी भने बेलायती जनताले युक्रेनलाई “यस युद्धको सुरुवातदेखि नै ठूलो समर्थन” दिएका छन्। जेलेन्स्कीले आइतबार स्यान्ड्रिङ्घमस्थित उनको निवासमा राजा चार्ल्स तृतीयसँग भेट्न पाउँदा “धेरै खुसी” भएको पनि बताए।
प्रतिक्रिया