नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ड र पपुलिष्ट हुनका लागि सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका हुन्।
बर्तौलाले प्रश्न सोध्दा सांसद साहले शोभनीय ढंगले प्रस्तुत नभएको र संसदको नियमावलीको विपरीत प्रश्न सोधको दाबी गरे। यस विषयमा संसदको आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनको भनाई छ।
उनले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिर गरे।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया