अमेरिकी धावक ग्रान्ट फिशरले एकै हप्तामा दुईवटा इन्डोर(घरेलु खेल)मा विश्व रेकर्ड (किर्तिमान) तोडेका छन्।
उनले ३,००० मिटरको घरेलु (इनडोर) विश्व किर्तिमान तोडेको छ दिनपछि, अमेरिकी मध्यम दूरीका प्रख्यात खेलाडी स्टार ग्रान्ट फिशरले गत शुक्रबार फेरि अर्को किर्तिमान गरे । सिएनएनका अनुसार उनले ५,००० मिटरको घरेलु विश्व किर्तिमान तोडे ।
पेरिसमा २०२४ को ओलम्पिक खेलकुदमा दुई कांस्य पदक जितेका फिशरले बोस्टनको बीयू डेभिड हेमेरी भ्यालेन्टाइन इन्भिटेशनलमा शुक्रबार भएको दौडमा पुरुष ५,००० मिटरमा लगभग छ सेकेन्डले अघिल्लो अभिलेख तोडेका छन्।
उनले २००४ मा इथियोपियाकी केनेनिसा बेकेलेद्वारा स्थापित २१ वर्ष पुरानो विश्व कीर्तिमान तोड्न १२:४४.०९ को समयमा रेखा पार गरे। ज्याकोब इन्गेब्रिग्टसेनले सोही दौडमा घरेलु (इनडोर )माइल र १,५०० मिटरको विश्व कीर्तिमान तोडेका थिए।
फिशरले न्यूयोर्क शहरमा भएको मिलरोज खेलहरूमा ३,००० मिटरको घरेलु विश्व कीर्तिमान तोडेको ठीक छ दिन पछि आएको थियो । उनले अमेरिकी धावक तथा ओलम्पिक १५०० मिटर बिश्व बिजेता कोल होकरलाई रोमाञ्चक दौडमा ७:२२.९१ को समय अभिलेख गर्न रोकेका थिए।
प्रतिक्रिया