इलन मस्कको सरकारी दक्षता बिभागले बाइडेन प्रशासनको बेलामा हराएको १.९ बिलियन डलर फेला परेको छ । सरकारी दक्षता बिभागले अमेरिकी करदाताको पैसा फेला पारेको हो, जुन बाइडेन प्रशासनअन्तर्गत हराएको भनिएको थियो।
आवास तथा शहरी विकास विभाग अन्तर्गतको हो, जुन अब फिर्ता गरिएको छ। मस्कले सरकारी अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले काम गरिरहेका छन् । आवास तथा शहरी विकास विभागका सचिव स्कट टर्नरले सरकारी दक्षता बिभागसँग मिलेर यो समस्या समाधान गरेको बताएका छन्
साथै, टर्नरले आफ्नो विभागमा एक सरकारी दक्षता बिभाग (डिओजिइ ) कार्यदल स्थापना गरेको घोषणा गरेका छन्। सरकारी दक्षता बिभागको प्रयासले अन्य निकायहरूमा पनि असर गरेको देखिन्छ।
जस्तै, वातावरण संरक्षण एजेन्सी (इपिए )का प्रशासक ली जेल्डिनले बाइडेन प्रशासनको ५० मिलियन डलरको पर्यावरणीय न्याय अनुदान रद्द गरेका छन् ।
प्रतिक्रिया