अमेरिकाको ओहायो राज्यमा नेपाली भाषीद्वारा संचालित एक स्वास्थ्यसेवालाई १५ मिलियन डलर ( १ करोड ५० लाख डलर )भुक्तानी नगरिएको ज्याला र क्षतिपूर्ति तिर्न अदालतले आदेश दिएको छ । युएसहेराल्ड डटकममा उक्त समाचार लेखिएको छ । उक्त पत्रिकाका सम्पादक , आर्थिक तथा कानुनी बिषयमा लेख्ने लेखक रोच्दी राइसले यो समाचार लेखेका हुन् । साथै उनि इकोनोमीवाच ,मेटाभर्सइनभेस्टर तथा चेफ्सपेन्सिल जस्ता पत्रपत्रिकामा लेख्दछन् ।
रोच्दी राइसले लेखेको समाचार अनुसार ओहायोका एक संघीय न्यायाधीशले अमेरिकेयर हेल्थकेयर सर्भिसेज एलएलसीलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएका छन् ।
स्वास्थ्य सेवा अन्तर्गत होम केयरका सहयोगीहरूलाई अतिरिक्त समय (ओभरटाइम) ज्याला तिर्न असफल भएर निष्पक्ष श्रम मानक ऐन (एफएलएसए ) को उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी श्रम विभाग (डिओएल) को पक्षमा फैसला सुनाएका छन्।
अदालतले संक्षिप्त फैसला सुनाउँदै प्रतिष्ठान (कम्पनी)लाई १५ मिलियन डलर भुक्तानी नगरिएको ज्याला र क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
पत्रिकामा प्रकाशित समाचार अनुसार न्यायाधीश एडमन्ड ए. सार्गसले अमेरिकी श्रम विभागको अक्टोबर २०२१ को मुद्दामा गत बिहीबार फेब्रुअरी १३ का दिन यो फैसला सुनाए।
पत्रिकाको अनुसार अमेरिकेयर हेल्थकेयर सर्भिसेजका संचालक डिल्ली अधिकारीका अनुसार वकिलहरूबाट कानुनी सल्लाह प्राप्त गरे बमोजिम उनलाई आफ्नो होम केयरका सहयोगीहरूको लागि अतिरिक्त समयको (ओभरटाइम )भुक्तानी आवश्यक नपर्ने बताएका थिए ।
तर उनले समर्थन प्रमाण प्रदान गर्न वा वकिलहरूको पहिचान गर्न असफल भएको पत्रिकाले समाचारमा जनाएको छ ।
अमेरिकी श्रम विभाग(डिओएल)को मुद्दा पेन्सिलभेनिया श्रम विभागले अधिकारीको अर्को निकाय (एजेन्सी)को तलब अभ्यासमा सन् २०१८ मा गरेको अनुसन्धानको हो। भुक्तानी नगरिएको ज्यालामाथि वर्ग कारबाही दायर गरिएको थियो जसले गर्दा एजेन्सीले अतिरिक्त समयको ज्याला तिर्न थाल्यो ,समाचारमा उल्लेख छ ।
यद्यपि, २०१९ मा अमेरिकेयरको नीतिमा परिवर्तन भए पनि अमेरिकी श्रम विभागका अनुसार प्रतिष्ठान (कम्पनी)ले काम गरेको घण्टाको संख्याको आधारमा सहयोगी(कामदार) हरूको प्रति घण्टा दर घटाएर कम दरमा अतिरिक्त समय भुक्तान गरेर कानून उल्लङ्घन गर्न जारी राखेको र एफएलएसएको उद्देश्यलाई कमजोर बनाएको तर्क गर्यो।
डिल्ली अधिकारी को हुन् : डिल्ली अधिकारी पूर्ण सामाजिक अभियन्ता हुन् । नेपाली भाषी भुटानी हुन् भने उनको जनसम्पर्क अत्यन्तै राम्रो छ । उनि दानवीर हुन् । उनि निश्चित समुदायलाई मात्र हैन नेपाली भाषी लगायत बिश्वभरिका नेपाली समुदायलाई व्यापक सहयोग गर्दै आएका छन् ।
अत्यन्तै परिश्रमी र मेहनती डिल्ली अधिकारी भुटानी समुदायमा उनि निकै प्रगति उन्नति गरेका छन् । थुप्रै संघ/संस्थामा आबद्ध अधिकारी थुप्रै व्यवसायमा संलग्न छन् । बुद्धिजीवी अधिकारीको छबि निकै राम्रो छ भने अमेरिकामा आए देखि उनले ठूलो फड्को हानेका छन् । उनि नेपाली समुदायको लागि गर्व गर्ने व्यक्तित्व हुन् ।
उनि इन्ट्रा- नेसनल होम हेल्थ एजेन्सी ,कोलम्बस ओहायोका प्रमुख कार्यकारी अधिकारी (सीइयो)पनि हुन् । पत्रिकाको अनुसार अधिकारी अमेरिकेयर हेल्थकेयर सर्भिसेज एलएलसीका मालिक समेत भएकोले न्यायाधिशले क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
तर फैसलाको पुनरावेदन पनि गर्न सकिने अवस्था पनि हुन् सक्ने भएकोले अमेरिकेयर हेल्थकेयर सर्भिसेज एलएलसीले त्यो उपाय पनि लिने समुदायले अपेक्षा गरेका छन् ।
यो समाचार केही पत्रपत्रिकामा पनि प्रकाशित हुन् थालेका छन् भने भुटनीज नेपाली डायसपोरा लगायतमा समाचार सम्प्रेषण गरेका छन् । https://www.law360.com/employment-authority/articles/2282622/home-care-co-must-pay-15m-in-dol-ot-suit
https://www.facebook.com/story.php?story_fbid=934589045517153&id=100068981993070&_rdr
युएसहेराल्ड डटकम ;
https://usaherald.com/dol-wins-15m-judgment-against-home-care-agency/
प्रतिक्रिया