रौतहट÷नेपालमा पहिलोपटक बज्जिका महोत्सव हुने भएको छ । मधेश प्रदेशको तेस्रो ठुलो मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको पहिलो महोत्सव फागुन १७ गते मलंगवामा हुने मलंगवा नगरपालिकाको गैरसरकारी संस्थाका फोकल पर्सन मुकेशकुमार मिश्रले जानकारी गराउनु भएको छ । मलंगवा नगरपालिकाको आयोजना तथा बज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा प्रथम बज्जिका महोत्सव २०८१ हुन लागेको हो ।
नेपाल सरकार तथा स्थानीय सरकारको नीतिअनुरुप स्थानीय मातृभाषालाई प्रबद्र्धन गर्ने उद्देश्यले मलंगवा बज्जिका साहित्य समाज सर्लाहीके सहकार्यमानगरपालिकाको स्थापना दिवस पारेर फागुन १७ गते बज्जिका महोत्सव २०८१ को आयोजना गरिने मिश्रको भनाइ छ ।
महोत्सवको विषयमा छलफल गर्न नगरपालिका र बज्जिका साहित्य समाजको संयुक्त बैठक बसेको थियो । बैठलके बज्जिका महोत्सव आयोजनाको लागि कार्यदल र सल्लाहकार समिति गठन गरेको छ ।
बज्जिका साहित्य समाज सर्लाहीका संस्थापक तथा अध्यक्ष रामचन्द्र महतो कुशवाहाको संयोजकत्वमा गठित कार्यदलको सदस्य सचिवमा नगरपालिकाको फोकल पर्सन मिश्रका साथै नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट नगिना राय, पूर्व प्रधानाध्यापक जयरुद्र मिश्र, पूर्व अधिकृत सुरेन्द्रलाल कर्ण, विनिता साह, वर्षा एफएमका कृष्णा सिंह तथा शैलियादेवी ठाकुर सदस्य रहेका छन् ।
नगर प्रमुख नागेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित सल्लाहकार समितिमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, राजेन्द्र ठाकुर, सलिम मिकरानी र सञ्चारकर्मी मनोज यादव सदस्य रहेका छन् ।
मलंगवा नगरपालिकाको आयोजनामा पहिलोपटक नेपालमा बज्जिका महोत्सव हुन लागेकोमा आफूलाई निकै खुसी लागेको बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले बताउनु भयो ।
प्रतिक्रिया