अमेरिकाको डिसी महानगर क्षेत्रमा ५ इन्चभन्दा बढी हिमपात ,मेरील्याण्डको पोर्ट टोब्याकोमा ८.६ इन्च हिमपात

इनेप्लिज २०८१ माघ ३० गते १२:०० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा यस बर्षको सबै भन्दा ठूलो हिमपात भएको छ । सरदारमा कम्तिमा पनि ५ इन्चभन्दा बढी हिमपात यस क्षेत्रमा परेको छ । एनबिसीवाशिंगटनका अनुसार मेरील्याण्डको पोर्ट टोब्याकोमा ८.६ इन्च हिमपात परेको छ ।

आज धेरै बिद्यालयहरु बन्द रहनेछन्। कर्मचारी व्यवस्थापन कार्यालयले संघीय कर्मचारीहरूलाई कम्तिमा २ घण्टा ढिलो सम्म कार्यालयमा हाजिर हुन् समेत सूचना दिइएको छ । सरकारी कार्यलय बन्द र ढिलाइ हुने सबै कमर्चारीलाई सूचित गरिएको छ ।

निरन्तर हिउँले ढाकिएका सडकहरु सवारी साधनहरु अलपत्र परेका छन् । थुप्रै स्थानमा केही दुर्घटनाहरू भएका छन् । फेब्रुअरी १२ बुधबारका दिन बिहान सडकहरू चिप्लो रहने अपेक्षा गरिएको छ । स्थानियस्तर र राज्यले राजमार्गहरुमा हिउ सफा गर्ने काम गरि रहेको छ ।

डिसी क्षेत्रका बिभिन्न स्थानका लागी धेरै क्षेत्रको लागि हिमपात र जाडोको चेतावनी लागू गरिएको छ । अलेक्जान्ड्रिया शहर, भर्जिनियाको आर्लिंगटन, फेयरफ्याक्स ,लाउडन ,मोन्टगोमेरी र प्रिन्स जर्जको काउन्टीहरूमा मौसम सतर्कताहरू अन्तर्गत रहेका छन् ।

डी.सी. महानगर क्षेत्रको ठूलो भागमा ४ देखि ७ इन्चको बीचमा हिउँ परेको छ । डलस विमानस्थलमा ४.८ इन्च ,बिडब्लुआईमा ३.८ इन्च हिउँ परेको छ ।

मेरील्याण्डको पोर्ट टोब्याकोमा रातभर ८.६ इन्च र डी.सी.को एनाकोस्टिया छिमेकमा ६.१ इन्च हिउँ परेको छ।

प्रतिक्रिया