ट्रम्पद्वारा नयाँ सिक्का निर्माण रोक्न ट्रेजरी( धनसार) विभागलाई निर्देशन 

इनेप्लिज २०८१ माघ २८ गते १५:११ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रेजरी( धनसार) विभागलाई नयाँ पेनी ( सिक्का) निर्माण रोक्न निर्देशन दिएको बताएका छन् ।

 उनले एक सेन्टको सिक्का उत्पादन गर्न लागत बढ्नु हो भन्दै निर्देशन दिएका हुन्।

“अत्यधिक लामो समयदेखि संयुक्त राज्य अमेरिकाले सिक्का( पेनी) निर्माण गर्दै आएको छ, जुन उत्पादन गर्न प्रतिगोटा २ सेन्टभन्दा बढी लागत लाग्छ। यो अत्यन्तै अपव्ययी छ!” ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सॅजाल ट्रुछ सोसलमा लेखेका छन्। “मैले अमेरिकी धनसार सचिवलाई नयाँ सिक्का उत्पादन रोक्न निर्देशन दिएको छु।”

ट्रम्पको यो कदम उनको नयाँ प्रशासनद्वारा कार्यकारी आदेश र घोषणाहरू मार्फत विभिन्न क्षेत्रहरूमा व्यापक परिवर्तन गर्न गरिएको पछिल्लो प्रयास हो। यी परिवर्तनहरू आप्रवासनदेखि लिंग र विविधता, र मेक्सिकोको खाडीको नाम परिवर्तनसम्मका विषयमा भएका छन्।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सिक्का हटाउने चाहनाबारे चर्चा गरेका थिएनन्। तर इलन मस्कको सरकारी दक्षता विभाग) ले गत महिना एक्समा मा गरिएको प्रकाशनमा  पेनी ( सिक्का)उत्पादनको लागतबारे प्रकाश पारेको थियो।

यूएस मिन्टले २०२४ मा ३.२ विलियन सिक्का उत्पादन गर्दा ८५.३ मिलियन डलर घाटा व्यहोरेको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया