बाबुराम भट्टराईले महाधिवेशनमा पुराना दलका नेतालाई बोलाएनन् !

बेद प्रसाद घिमिरे २०८१ माघ २७ गते १०:३२ मा प्रकाशित

आइतबारबाट सुरु भएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महाधिवेशनको दृश्य भने फरक देखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा ठुला दलका शीर्ष नेता देखिएका छैनन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका कोही पनि नेता महाधिवेशनको मञ्चमा छैनन्।

बाबुरामले महाधिवेशन गर्दा पुराना दल र नेतालाई नबोलाएको स्रोतले बतायो। पछिल्लो समय वैकल्पिक शक्तिको वकालत गरिरहेका बाबुरामले आफूलाई वैकल्पिक दाबी गर्ने दल र नेतालाई मात्रै डाँकेका छन्।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी र विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा नयाँ शक्तिको उद्घाटन समारोहमा सहभागी छन्।

प्रतिक्रिया