ट्रम्प प्रशासनको बढ्दो आप्रवासन कार्यान्वयनलाई अवरुद्ध गर्ने कानूनहरू भएका आरोपमा न्याय विभागले इलोनोइस राज्य र शिकागो शहर र अन्य स्थानीय निकायविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेको छ।
ट्रम्प प्रशासनको पहिलो कानुनी कारबाहीस्वरूप, संघीय अधिकारीहरूले न्यायाधीशलाई इलोनोइस, शिकागो, कुक काउन्टी, र कुक काउन्टी शेरिफलाई आप्रवासीहरूको सुरक्षाका लागि बनाइएका स्थानीय कानुनहरूको प्रयोग गरेर कानुन कार्यान्वयनमा अवरोध गर्न रोक्न आग्रह गरेका छन्।
न्याय विभागका अनुसार केही राज्य तथा स्थानीय कानुनी प्रावधानहरू संघीय आप्रवासन कानुनको कार्यान्वयनमा हस्तक्षेप गर्न तथा संघीय सरकारको विरुद्ध भेदभाव गर्न योजना( ढाचा)बनाईएको सिविएसनियूजले जनाएको छ।
संघीय अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई अवैध आप्रवासन नियन्त्रण गर्न संघीय प्रयासहरू अवरुद्ध गर्ने आरोप लगाएका छन्। तप राज्य अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन्।
मुद्दामा उल्लेख गरिएअनुसार, २०१६ देखि २०२५ सम्म इलोनोइसमा १३,००० भन्दा बढी अवैध आप्रवासीहरू आप्रवासन अधिकारीहरूद्वारा पक्राउ परेका थिए।
प्रतिक्रिया