अमेरिकाको मेरिल्याण्डराज्यको जर्मनटाउन शहरमा नृत्य मण्डप डान्स एकाडेमी संचालनमा ल्याईएको छ । मेरिल्याण्ड राज्यमा बस्दै आएका गुरु यज्ञ मान शाक्यले उक्त नृत्य केन्द्र खोलेका हुन् ।
जर्मनटाउन शहरमा संचालित उक्त नृत्य एकाडेमी (प्रतिष्ठान)फेब्रुअरी १,२०२५ देखि सुरु भएको छ । गत जनवरी ३१ ,२०२५ राती ६-८ बजे सम्म केही बिधार्थीहरु नृत्य कक्षामा सहभागी भएका थिए ।
त्यहा सबै प्रकारको नृत्य सिकाइने छ भने परम्परागत सहित बिशेष नृत्यहरु समेत बिशेष कक्षा लिएर सिकाइने छ । इच्छुक सबैलाई सिधै गुरु यज्ञ मान शाक्यसंग सम्पर्क गर्न सकिने छ ।
प्रशिक्षक यज्ञ मान शाक्यसंग सम्पर्क गर्न यहाँ सम्पर्क गर्नु होला : 347 276 4846
प्रतिक्रिया