विमल योगी
दाङ,२० माघ । घोराही उप महानगरपालिका वडा नम्वर ७ सौडियारस्थित माध्यामिक विद्यालय सौडियारमा निर्माण हुने सभाहलको शिलान्यास गरिएको छ । बिद्यालयको ५१ औं बार्षिक उत्सवको अवसर पारी आज भवनको शिल्यान्यास गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्रराईको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल,लुम्बिनी प्रदेशका सांसद लोका बिश्वकर्मा,घोराही उप महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष खोपीराम चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्रि प्रचण्डबिक्रम न्यौपानेले सभाहलको शिलान्यास गर्नुभएको हो । सो अवसरमा मन्त्रि नयौपानेले सभाहलको शिलान्यास आफुले गर्न पाएको र त्यसलाई पूर्णता हुने बजेट हालेर भवनको उद्घाटन समेत आफैले गर्ने प्रतिवद्धता जनाउनुभयो । बिद्यालय भनेको शिक्षाको मन्दिर भएको भन्दै उहाँले सरकारी बिद्यालयको शैक्षिक अवस्था सुधारमा सवै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
बिद्यालयको नाममा दर्ताश्रेष्ता कायम भएको पश्चिम तर्फको जग्गामा सभाहल निर्माण गरिनेछ । बिद्यालय तथा ७ नम्वर वडामा हुने ठुला कार्यक्रममा लागि धेरै मानिस अट्ने सभाहल नभएपछि बिद्यालयले महायज्ञ लगाएर केही आर्थिक सहयोग जुटाएको थियो । महायज्ञबाट संकलन भएको करिव ३२ लाखबाट सभाहलको निर्माण सुरु गरिने र स्थानीय,प्रदेश तथा संघीय सरकारको सहयोगमा त्यसलाई पूर्णता दिइने बिद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले जानकारी दिनुभयो । बार्षिक उत्सवकै अवसरमा मा.वि.सौडियारको बिद्यालय स्थापना गर्ने टेक बहादुर चौधरी,भूप बहादुर केसी र जग्गु चौधरीको अर्धकटको शालिकको अनावरण समेत गरिएको थियो । तत्कालीन अवस्थामा सौडियारमा बिद्यालय स्थापना गरी पढ्न नपाएका व्यक्तीलाई शिक्षा आर्जन गर्ने बातावरण तयार गरेको भन्दै उहाँको सम्मान स्वरुप बिद्यालय परिसरमा उहाँहरुको अर्धकटको शालिक निर्माण गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्रराईले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्का, बुद्धिप्रकाश चौधरी,राप्रपाका तिलकराम आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापक नन्द बहादुर वलीले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालयका शिक्षिका सुमित्रा योगीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रममा शालिक निर्माणकर्ताहरु,उत्कृष्ट अभिभावक सुशिला वस्नेत,उत्कृष्ट शिक्षकहरु बावदेव पोख्रेल,सावित्रा पाण्डेय,स्मारिका लेखनमा सम्पादन गर्ने शिक्षक नारदप्रसाद भण्डारी,बिज्ञान तथा खेल प्रर्दशनी संयोजन गर्ने शिक्षक नरेश पौडेल,अक्ष्यकोषदाता खेमराज शाह,गौरव कुमार लामिछाने लगायतलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । भने बिद्यालयमा स्थापित बिभिन्न १६ वटा पुरस्कारबाट बिद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्ने जेहेन्दार,गरिव जनजाती अपाङ्ग बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न बिज्ञानकला प्रदर्शन,पाक कला प्रर्दशन तथा गीत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिष्णुराज चौधरीले गर्नुभएको थियो ।
प्रतिक्रिया