भारतमा विश्वकै सबैभन्दा ठूलो धार्मिक महोत्सवमा भीडले किच्दा धेरै जना घाइते,मृत्यु भएको शंका

इनेप्लिज २०८१ माघ १६ गते १:०५ मा प्रकाशित

भारतमा विश्वकै सबैभन्दा ठूलो धार्मिक महोत्सवमा भीडले किच्दा धेरै जना घाइते भएको आयोजकहरूले बुधबार बताएका छन् । प्रयागराज शहरमा रहेको महाकुम्भ मेलामा भएको दुर्घटना अवरोध भत्किँदा भएको हो । महोत्सवकी विशेष कार्यकारी अधिकृत आकांक्षा रानाका अनुसार धेरै जना घाइते भएका र उपचार भइरहेको छ ।

केही घाइतेहरूलाई सघन उपचार कक्षमा लगिएको छ ,उनले भनिन् ।

कोही व्यक्तिको मृत्यु भएको छ वा कति जना प्रभावित भएका छन् भन्ने जिज्ञाशामा प्रहरी अधिकारीहरूले अझै पनि क्षतिको मात्रा मूल्याङ्कन गरिरहेको बताइन । । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको भेलामा लाखौं लाख हिन्दू भक्तजनहरू पवित्र पानीमा स्नान गरिरहेका छन्।

छ हप्ताभन्दा बढी समयदेखि प्रयागराजको नदी किनारमा रहेको महाकुम्भ मेला वा उत्सवमा ४० करोड मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया