नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दावी गरेका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले यस्तो दावी गरेका हुन् ।
‘म अहिलेका प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा अस्ती भर्खर भएका प्रधानमन्त्रीहरुभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरामा म अहिले पनि विश्वास गर्छु ।’ उनले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँका आजै बेलुका गएर हामीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौ, चलाउँछौँ । म दावाका साथ भन्न सक्छु ।’
उनले अर्को बिकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनको भनाई थियो ।
महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफुहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने बताए ।
थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताएनेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दावी गरेका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले यस्तो दावी गरेका हुन् ।
‘म अहिलेका प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा अस्ती भर्खर भएका प्रधानमन्त्रीहरुभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरामा म अहिले पनि विश्वास गर्छु ।’ उनले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँका आजै बेलुका गएर हामीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौ, चलाउँछौँ । म दावाका साथ भन्न सक्छु ।’
उनले अर्को बिकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनको भनाई थियो ।
महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफुहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने बताए ।
थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताए।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया