डेमोक्र्याटहरूले विदेश सचिव रुबियोलाई विदेशी सहायता रोक्का फिर्ता लिन आग्रह गरेका छन् ।
अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको विदेश मामिला समिति (हाउस अफ फरेन अफेयर्स कमिटी)का शीर्ष डेमोक्र्याटहरूले विदेश सचिव मार्को रुबियोलाई लेखेको पत्रमा विदेशी सहायता रोक्का गर्दा “विश्वभर अमेरिकी नेतृत्व र विश्वसनीयतालाई कमजोर पार्छ” भन्ने चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले चेतावनी दिदै यो रोकले विश्वभर जहाँ अमेरिकी सहायता वितरण गरिन्छ त्यहाँ “क्षति” निम्त्याउने जनाए । उनीहरुले विशेष गरी ५५ देशका लाखौं मानिसहरूलाई एचआईभी/एड्स उपचार प्रदान गर्ने पिइपिएफएआर (PEPFAR )कार्यक्रम र लाखौं मानिसहरूलाई लामखुट्टे झुल र मलेरिया औषधि वितरण गर्ने राष्ट्रपतिको मलेरिया पहलको उल्लेख गर्दै त्यसलाई नरोक्न आग्रह गरेका छन् ।
आग्रह गर्ने जन प्रतिनिधिहरुमा ग्रेगरी मीक्स तथा लोइस फ्रान्केल रहेका छन् । गाजा, सुडान, हेटी, युक्रेनमा, वा यो सहायता वितरण गर्ने जोखिममा परेका व्यक्तिहरूको लागि यो सहायतामा भर परेका मानिसहरू हाम्रो विदेशी सहायतालाई मनमानी रूपमा अवरुद्ध गर्दा हामी विश्वास गुमाउँछौं ,पत्रमा भनिएको छ ।
विदेश विभागले अनुदान र पुरस्कारहरूद्वारा वित्त पोषित परियोजनाहरूको निरीक्षण गर्ने अधिकारीहरूलाई विदेश सचिवले कार्यक्रमको समीक्षा गर्न नसकेसम्म तत्काल “रोक्ने आदेश” जारी गर्न निर्देशन दिएपछि यो पत्र आएको हो। निर्णयहरू अर्को ८५ दिन भित्रमा हुनेछ ।
प्रतिक्रिया