न्यूजर्सी नेवार्कमा अध्यागमन छापा, स्थानीय अधिकारीहरूबाट आक्रोशित,तीन कागजात नभएका कामदारहरूलाई पक्राउ

इनेप्लिज २०८१ माघ १२ गते २:११ मा प्रकाशित

अमेरिकाको न्यूजर्सी राज्यको नेवार्कमा अध्यागमन छापा हुँदा स्थानीय अधिकारीहरू आक्रोशित भएका छन् ।

न्यू जर्सीका अधिकारीहरू र आप्रवासी अधिकारका पक्षधरहरूले नेवार्क शहरको एउटा सानो व्यवसायमा पक्राउ पूर्जी ( वारेन्ट) बिना कार्यस्थलमा छापा मारेकोमा संघीय अध्यागमन अधिकारीहरूको आलोचना गरेका छन् ।

आज बिहान एक पत्रकार सम्मेलनमा नगर प्रमुख रास बाराकाले बताए अनुसार अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनका धेरै गुप्तचरहरूले व्यवसायको पछाडि प्रवेश गरे, तीन कागजात नभएका कामदारहरूलाई पक्राउ गरेको बताए । साथै अमेरिकी नागरिक रहेका कर्मचारीहरूलाई हिरासतमा लिएर सोधपुछ गरे,उनले भने ।

“मानिसहरूको औंठाछाप लिइएको र तिनीहरूको परिचयपत्र र अनुहारको तस्बिर त्यहाँ लिइएको छ,” डेमोक्र्याटिकका नगर प्रमुक बाराकाले भने। म स्तब्ध, निराश, क्रोधित भएको छु ।

एनबिसीन्यूजका अनुसार गत बिहीबार मात्र देशभर ५३८ जनालाई पक्राउ गरेको छ भने दैनिक गिरफ्तारी औसतलाई दोब्बर बनाएको छ। बोस्टन जस्ता शहरहरूमा संदिग्ध अध्यागमन छापा मार्ने खबरहरू आएको बेला यो खबर आएको हो।

प्रतिक्रिया