बाल्टिमोरमा गोली चल्दा एक महिलाको मृत्यु, एक पुरुष र ११ वर्षीया बालिका घाइते 

इनेप्लिज २०८१ माघ १० गते १७:५४ मा प्रकाशित

अमोकिकाको मेरील्याण्ड राज्यको उत्तरी बाल्टिमोरमा बुधबार साँझ तीनवटा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने ११ वर्षीया बालिका र एक पुरुष घाइते भएका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार गोली साझ ५ः३० बजे चले पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

बाल्टीमोरको योर्क सडकको ५४०० भवन समूहमा भएको गोलीकाण्डमा ५२ वर्षीया महिला गाडीभित्र गोली लागेको अवस्थामा भेटिएकी थिइन् । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

गाडीमा एक २९ वर्षीय पुरुष र एक ११ वर्षीया बालिका पनि गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै बाँच्ने अपेक्षा गरिएको सिविएसन्यूजले जनाएको छ।

बाल्टिमोरका प्रहरी आयुक्त रिचर्ड वर्लीका अनुसार कसैले गाडी नजिकै आएर गोली चलाएको  बताए ।

प्रतिक्रिया