राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सिमानामा थप १,५०० सेना पठाउने भएको नव निर्वाचित व्हाइट हाउस प्रेस सचिवले बताएकी छिन् ।
राष्ट्रपति ट्रम्पले सोमबार हस्ताक्षर गरेका कार्यकारी कार्यहरूको निर्माण गर्दै दक्षिणी सिमानामा १,५०० थप सेना पठाउने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूलाई उक्त कुराको घोषणा गरिन् ।
“यो त्यस्तो कुरा हो राष्ट्रपति ट्रम्पले यसलाई अभियानको रुपमा चलाएका थिए। अमेरिकी जनताले हाम्रो रक्षा विभागले वास्तवमा गृहभूमि सुरक्षालाई गम्भीरतापूर्वक लिने समयको प्रतीक्षा गरिरहेका छन्। यो अमेरिकी जनताको पहिलो प्राथमिकता हो र राष्ट्रपतिले पहिले नै त्यसलाई पूरा गरि रहेका छन् ,” उनले भनिन्।
दक्षिणी सिमाना सुरक्षित गर्दै अमेरिकाबाटअवैध आप्रवासीहरूलाई देश निकाला गर्दै राष्ट्रपति ट्रम्पले विश्वभरका मानिसहरूलाई धेरै कडा सन्देश पठाइरहेका छन् ,उनले थपिन ।
यदि तपाईहरु संयुक्त राज्य अमेरिकाको कानून तोड्ने बारे सोच्दै हुनुहुन्छ भने तपाईहरुलाई घर फर्काइनेछ, तपाईहरुलाई पक्राउ गरिनेछ, तपाईहरुलाई मुद्दा चलाइनेछ। नआउनुहोला,” उनले एबीसी न्यूजकी प्रमुख ह्वाइट हाउस संवाददाता मेरी ब्रुसलाई सेनाले के गर्नेछ र उनीहरूको लक्ष्य के हो भनेर सोध्दा त्यस्तो उत्तर दिईन ।
प्रतिक्रिया