पूर्व उपराष्ट्रपति ह्यारिस पूर्ण महिला अमेरिकी वायुसेना चालक दलसँग क्यालिफोर्निया उडान गर्ने

इनेप्लिज २०८१ माघ ७ गते २१:०५ मा प्रकाशित

४७ औ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा उपस्थिति जनाएकी पूर्व उपराष्ट्रपति कमला ह्यारिस पूर्ण महिला अमेरिकी वायुसेना चालक दलसँग उडान गर्ने भएकी सिएनएनले जनाएको छ ।

ह्यारिस डिसीबाट क्यालिफोर्निया उडान भर्न लागेकी हुन् । पूर्व उपराष्ट्रपती ह्यारिस सोमबार दिउँसो क्यालिफोर्निया जाँदा पहिलो पूर्ण महिला अमेरिकी वायुसेना चालक दलसँग उडान गर्ने छिन्।

ह्यारिसका वरिष्ठ सहयोगी जुआन ओर्टेगाले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी गराएका हुन् ।

ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति बन्ने पहिलो अस्वेत महिला हुन् । साथै अमेरिकी इतिहासमै डेमोक्राटिक दलको आधिकारिक राष्ट्रपतिको उम्मेदवार बन्ने उनि प्रथम अश्वेत महिला हुन् । साथै उपराष्ट्रपति बन्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली अमेरिकी महिला हुन् ।

प्रतिक्रिया