इजरायली अति-दक्षिणपन्थी दलका ३ जना इजरायली मन्त्रीहरुले नेतान्याहूको गठबन्धनबाट राजीनामा दिएका छन् ।
हमाससँगको युद्धविराम सम्झौताको विरोधमा आइतबार तीन अति-दक्षिणपन्थी इजरायली मन्त्रीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबाट राजीनामा आएको हो ।
राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन जिभिर ,ग्यालिली तथा राष्ट्रिय लचिलोपन मन्त्री यित्जाक वासेरलाउफ तथा सम्पदा मन्त्री अमिचाई एलियाहुले राजिनामा गरेका छन् । सबै बेन गिभिरको ओट्ज्मा येहुदित (यहूदी शक्ति) दलका हुन् ।
ओट्ज्मा येहुदितका अन्य तीन सांसदहरूले पनि इजरायलको संसद नेसेटमा “विभिन्न समितिहरूमा आफ्नो पदबाट राजीनामा पत्र बुझाए”।
बेन गिभिरको दलको यो कदमले नेतान्याहूको गठबन्धनलाई कमजोर बनाउन सक्छ तर उनको सरकारलाई ढाल्न नसक्ने सिएनएनले जनाएको छ ।
ओट्ज्मा येहुदित दल गठबन्धनको सदस्य नभएको एक विज्ञप्तिमा जनाएको छ । उक्त दलले हमाससँग गरिएको सम्झौतालाई “आत्मसमर्पण” को रूपमा वर्णन गरेको छ र यो सम्झौता “लापरवाह” भएको बताएको छ ।
प्रतिक्रिया