यादवराज जोशी
अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अर्थात सोमबार नै ट्रम्पले ११ वटा योजना अगाडि बढाउने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । यि योजनामा आप्रवासन, विदेश नीति र भन्सार महसुल कुराहरु छन ।
राष्ट्रपति निर्वाचनको बेला गरेका सयौं बाचाहरु पुरा गर्ने दायित्व उनीमाथि छ । गत अक्टोबर २७ मा न्यूयोर्कमा भएको चुनावी सभामा उनले आफ्नो पहिलो दिनको पहिलो प्राथमिकता गैरकानुनी आप्रवासीलाई देशनिकाला गर्ने भएको बताएका थिए । मेरो पहिलो काम ठूलो संख्यामा गैरकानुनी आप्रवासीको देश निकाला हुनेछ, चुनावी सभालाई सम्बोधन गर्दै उनले भनेका थिए । अमेरिकी सरकारको तथ्यांक अनुसार, अमेरिकामा एक करोड १० लाख गैरकानुनी आप्रवासी छन । ति मध्ये पाँचलाख आप्रवासी कुनैप्रकारले अपराधमा सहभागी भएको कुरा ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले गत सेप्टेम्बरमा काँग्रेसलाई लेखेको पत्रमा उल्लेख छ ।
गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न अर्बो डलर लाग्ने र ट्रम्पले उक्त काम गर्न नसक्ने विश्लेषण बाहिर आएपछि गत नोभेम्बरमा ट्रम्पले पैसा कुनै समस्या नहुने बताएका थिए । पैसाको कुनै कमी हुदैन । हामी राष्ट्रिय घोषणा गछौ र सेना र बजेट प्रयोग गछौ, पत्रकारमाझ उनले भनेका थिए । अमेरिकामा जन्मेका आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता दिने कानुनी प्रावधान पनि अन्त्य गर्ने उनले बताउदै आएका छन । तर बिश्लेषकहरु जन्मसिद्ध नागरिकता कानुन परिवर्तन गर्ने काम भने जस्तो सजिलो नहुने बताएका छन ।
कार्यभार सम्हालेको पहिलो दिन ट्रम्पले वर्तमान रा्ट्रपति वाईडेनले जारीका सबै सीमासम्वन्धि नीति खारेज गर्ने बताईएको छ । उनले कोभिड कालको टाईटल ४२ सम्वन्धि कानुन कार्यान्वयनमा ल्याउने बलियो सम्भावना रहेको बताएका छन । जनस्वास्थ्य सम्वन्धि यो नीतिले आप्रवासीलाई देश निकाला गर्न सहज बनाउछ ।
यसैगरी, पहिलो दिन नै जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटोलमा आक्रमण गर्ने आफ्ना समर्थकलाई ट्रम्पले आममाफी दिने योजना छ । यो आक्रमणमा एकहजार पाँचसय ८० जनामाथि अभियोग लगाईएको थियो भने एकहजार दुईसय ७० दोषी पाईएका थिए ।
विदेश मामिलाको सवालमा ट्रम्पको सबैभन्दा चकित बनाउने बाचा राष्ट्रपतिको कुसीमा बसेको २४ घन्टामा युक्रेन युद्ध समाप्त पार्ने थियो । मैले युक्रेनी राष्ट्रपति चिन्दछु र रुसी राष्ट्रपति पनि चिन्दछु । उनीहरुले मलाई सम्मान गर्छन तसर्थ म २४ घन्टामा युक्रेन युद्ध समाप्त गर्नेछु, उनले भनेका थिए ।
अमेरिकाका दुई ठूला व्यापार साझेदार मेक्सिको र क्यानडाबाट अमेरिका आउने समानमा २५ प्रतिसत अतिरिक्त भन्सार शुल्क लगाउने चुनावको दौरानमा ट्रम्पले बताएका थिए । उसम्वन्धि अध्यादेशपनि कार्यकालको पहिलो दिननै आउने अपेक्षा गरिएको छ । अर्थशास्त्रीहरु यो कदमले अपभोक्ता मारमा पर्ने बताएका छन ।
सन् २०३५ सम्म शुन्य प्रदुषण गर्ने बाईडेनको योजनालाई रद्द गर्ने ट्रम्पको योजना छ । यस अन्र्तगत बिद्युतीय सवारीको उत्पादन र उपभोगमाथि दिईएको अनुदान र प्रोत्साहन कमीम आउनेछ । अमेरिकामा खनिज तेलको उत्पादन बढाउन जहाँ तहाँ उत्खनन गर्ने लाईसन दिने योजना उनको छ । यसैगरी, अमेरिकामा बिक्रि हुने सवारी साधन अमेरिकामै उत्पादन गर्नु पर्ने नीति पनि ट्रम्पले ल्याउनेछन ।
तेस्रो लिंगीको अधिकार कटौटी गर्ने र उनीहरुलाई खेलकुदमा सहभागी नबनाउने र लोग्नेमान्छे सरह प्रोत्साहन नगर्ने नीति पनि ट्रम्पले घोषणा गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रुम्पले पहिलो सात दिनमा सयभन्दा बढी अध्यादेश जारी गर्ने तयारी गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । सोमबार हुने राष्ट्रपतिको पदभारग्रहणकालागि राष्ट्रपति ट्रम्प शनिबार वासिंटन डिसी आई पुगेका छन ।
प्रतिक्रिया