(लघुकथा)
घनश्याम, कथित ब्लु कलर जब झाडुपोछा गर्नेको छोरो, कक्षा ८ मा पढ्छन्। त्यही झाडुपोछा गर्ने घर मालिककी छोरी कबिता पनि कक्षा ८ मै तर भिन्न स्कूलमा।
पढ्दै जाँदा आधारभूत तहको अन्तिम परीक्षा र त्यसको नतिजा पनि प्रकाशन भयो। कबिताको एउटा विषय बाहेक सबैमा ए प्लस र घनश्यामको सबै विषयमा सि। नतिजा आएपछि कबिताको घरमा सन्नाटा थियो। सबैले उनलाई त्यो एउटामा किन ए प्लस नल्याएको भनेर धिक्कारे, रुष्ट भएर गाली गरे,आफ्नो बेइज्जत भएको र गाउँघरमा बस्न गार्हो भएको भन्दै घरकै सदस्यहरू बीचमा अर्थात् एकापसमै पनि बोल्न छोड्ने स्थिति भयो।
तर, घनश्यामको बुवाले सि ल्याएको भनेको पास हो भन्ने बुझेपछि घरको माहौल नै भिन्न।भर्खरै बुझेको तलब उधारो तिर्न बिर्सेर उनी लड्डु किन्न जान्छन्,गाउँमा सबलाई बाँड्छन्।आफूले झाडुपोछा लगाउने घरकै मालिकलाई पनि लड्डु दिन पुग्छन् घनश्यामका बुवा।मालिकलाई लड्डु दिने क्रममा एकदमै खुशी देखेर र लड्डु ल्याएकोमा मालिकले सोध्छन् हैन घनश्याम तिमीलाई यति खुशी पहिलो चोटि देख्दैछु के भयो र? मेरो छोरो ८ किलाँसमा पास भयो रे मालिक।बोर्ड परीक्षामा पास भएर मन थाम्नै सकिँन र तपाईँले हिजो दिएको तलबले लड्डु ल्याएँ हजुर।उधारो अर्को महिनामा तिर्छु अब।मालिकलाई एकदमै जिज्ञाशा लाग्यो कुन कुन ग्रेड ल्यायो र छोराले? खुशी हुँदै सबै विषयमा सि रे मालिक।
कबिताको बुवा अवाक्।उनलाई महसुस भयो खुशी त हुन जान्नु पर्दो रहेछ,’अपेक्षा’लाई कम आँके पनि हुँदो रहेछ।
– – –
प्रतिक्रिया