पञ्चायतकालतामा दशैंमा टीका जमरा जलगाउँदा घरका ठुलबडाले ऋण लागेपनि राज्य नलागोस भनेरआफ्ना सन्तातिलाई आशीर्वाद दिन्थे । पछि त्यसलाई परिमार्जन गरेर ऋण लागेपनि दिन नलागोस भन्न थालियो । पञ्चायतकालमा त्यो आशीर्वाद त्यसै दिइएको थिएन किनकी राज्यले आफुसंग सहमत नहुनेलाई जुनसुकै बेलमा झुट्टा मुद्दा लगाएर सर्वश्वहरण समेत गर्ने गरेको थियो, आजित भएर आफना सन्तानलाई यस्तो आशिर्वाद दिइने गरिएको पाइन्छ । हो अहिले पनि रवि लामिछानेको हकमा भने ऋण र दिन (राज्य) दुबै लागेको छ । सायद २२,२४ वर्ष अमेरिकामा बसेर गएका हुनाले आफ्ना अभिभावकबाट रविले त्यो आशीर्वाद पाउन चुकेका थिए कि त्यही भएर अहिले ऋण र दिन दुबै एकैपटक आइलाग्यो । राज्य लागेका कारण धरौटी स्वरुप १ करोड २५ लाख धरौटी स्वरुप ऋण सरकारलाई बुझाईसकेका छन् । अझै त्यो भन्दा बढी धरौटीको आदेश हुन बाँकी नै छ । तैपनि उनको चेहरामा डराएको, हडबडाहटको, आँत्तिएको आभाष पाइदैन । सरकारले रवि लामिछानेमाथि गरेको यो दमन व्यक्तिगत नभई नयाँ सोच, नयाँ पुस्ता र वैकल्पिक शक्तिमाथिेको गरिएको दबावको रुपमा बुभ्mन सकिन्छ ।
रविको प्रसंगमा मलाई मेरो पुराना दिनको सम्झना आयो । मेरो आमा आजभन्दा २ वर्ष अगाडि अमेरिकामा आउँदा घरभित्रै घचच्क हुँदा खुट्टा भाँच्चिएर ३ महिनासम्म ओछ्यानमा सुतेरनै दिन बिताउँनु भयो । आमाले त्यसबेला भन्नुभएको थियो दिन बस्दैन बाबु । हुन पनि हो आमाले भनेजस्ते दिन बसेन, दिन गैहाल्यो र आमाको खुट्टा पनि ठीक भयो । हो त्यसरी नै रविमाथि आईलागेको दुःखका दिन बसिरहँदैनन् जान्छन् नै । रातपछि दिन आएजस्तै दुःखपछि सुख आउने छन् । यो ध्रुव सत्य हो ।
हैनभने रविलाई केन्द्रबिन्दुमा राखेर सहकारी ठगीमा संलग्नता छ कि भनि छानबीन गर्न राज्यका सम्पुर्ण निकाय सम्मिलित छानबिन समिति बन्यो । उक्त समितिमा सम्बन्धित बैंकहरु, राष्ट्र बैक, सहकारी बोर्ड, सहकारी विभाग, सहकारी मन्त्रालय, विभिन्न चार्टर्ड एकाउन्टेन्ट, कारागारमा समेत रहेका मानिसहरु, नेपाल प्रहरी, संघीय सांसदहरु लगायत सम्पुर्ण निकायहरु सहभागी भई आफ्नो सम्पुर्ण स्रोत, साधन, विज्ञता, क्षमता लगाएर १२ सय पृष्ठको प्रतिवेदन निकालियो । त्यसको निष्कर्षले समेत प्रष्ट पार्यो र भन्यो कि सहकारीको रकम गोर्खा मिडियामा ल्याउने सम्पुर्ण प्रक्रियामा रविको संलग्नता छैन । न कहीं प्रमाण छन् , न प्रतिवेदमा उल्लेख छ, न रविलाई सहकारीमा गएको देख्ने, भेटेने कोही एकजना भेटिन्छन् ।
कुनैपनि सहकारीम खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ । तर विना हस्ताक्षर, विना औठाछाप, विना केवाईसी फारम, विना उपस्थिति, विना धितो कसरी ऋण खाता खोलिन्छ ? न त यी माथिका सबै प्रमाण आफुसंग रहेको दावी गर्दै देखाऊ देखाऊ भनेर संसदमा कुर्लने नेकांका महामन्त्री गगन कुमार थापाले अहिलेसम्म पेश गर्न सकेका छन् । यी सबै कुरालाई मध्यनजर गर्दा रविमाथि राज्य खनिएको प्रष्ट देखिन्छ ।
४ वर्ष अगाडि एउटा चक्रव्युह तोडेर गृहमन्त्री बनेका रवि यो पटकको ५ चक्रव्युह तोडेर प्रधानमन्त्री बन्ने कुरामा जनमानसको विश्वास छ । यदि महाभारतमा अभिमन्युको कायरतापुर्वक बध नगरिएको भए न द्रोणाचार्यको बध हुन्थ्यो, न कर्ण मारिन्थे, न दुर्योधन नै मारिन्थे । ती नमारिएको भए न पाण्डवले नै जित्थे । भनिन्छ नि जे हुन्छ राम्रैको लागि हुन्छ ।
टिभी प्रस्तोताको रुपमा नेपाली जनमानसले रुचाइएका रवि लामिछाने विगत ४ वर्षदेखि राजनीतिक वृत्त, आम सञ्चार र सर्वसाधरणको लागि चर्चा र केन्द्रबिन्दुमा छन् । पहिला पहिला “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि” भन्ने उखानलाई रवि लामिछानेको जनतासंग सिधाकुरा मार्फत “जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि” भन्ने चरितार्थ गरेका कारण राजनीतिक दल खोलेको छोटो समयमा नै उत्कृष्ट नतिजा निकालेका थिए, जुनकुरा देशलाई बन्धक बनाएर राख्नेहरुका लागि सह्य भएन ।
निमुखा, आवाजवीहिनहरुको आवाज बनेर अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबाजारी देशद्रोहीहरुको विरुद्ध देशभक्तिपुर्ण कार्यक्रम चलाउँदै शिखरको पाइला चालाएको विध्वंसकारी, ढुंगामुडा, तोडफोड गरेर राजनीतिको केन्द्रविन्दुमा रहेकाहरुलाई सह्य नहुनु स्वभाविकनै हो । त्यसैले रवि ती अपराधीहरुको जरमा तारो बने र बनि पनि रहेका छन् । जसरी महाभारतको युध्दमा कायर ७ महारथी मिलेर एक निहत्था वीर अभिमन्युलाई घेरेर बध गरे अहिले त्यसैगरी भ्रष्टचारमा लिप्त, ३४ वर्षदेखि राज्यदोहन गरिरहेका कायरहरु आफ्नो भाग रविले खोस्न आयो भनेर रवि लामिछानेमाथि घेराबन्दी गरिरहेका छन् । तर लामिछाने चक्रव्युह तोड्न निपुण छन् भन्ने थाहा पाएको भए किन हात हाल्थे र अहिले पछुताउँदै होलान् । किनकि रविले एक एक गर्दै चक्रव्युह तोड्दै छन् । कास्की र काठमाडौंको चक्रव्युह तोडिसके अब रुपन्देही, चितवन र पर्साको चक्रव्युह तोडन बाँकी छ त्यसपछि, जयद्रथ, सकुनी, द्रोणचार्य, कर्ण, दुस्सासन, दूर्योधननरुपी शासकहरुको के हविगत होला ? लामिछानेले आफुमाथिको नजिर बनाउँदै सारा भ्रष्टचारीहरुको दोहोलो काट्नेछन् । ४ वर्ष अगाडि एउटा चक्रव्युह तोडेर गृहमन्त्री बनेका रवि यो पटकको ५ चक्रव्युह तोडेर प्रधानमन्त्री बन्ने कुरामा जनमानसको विश्वास छ । यदि महाभारतमा अभिमन्युको कायरतापुर्वक बध नगरिएको भए न द्रोणाचार्यको बध हुन्थ्यो, न कर्ण मारिन्थे, न दुर्योधन नै मारिन्थे । ती नमारिएको भए न पाण्डवले नै जित्थे । भनिन्छ नि जे हुन्छ राम्रैको लागि हुन्छ । कतै देश राम्रो हुनको लागि रवि चक्रव्युह तोड्ने अभिमन्यु हुनु परेको त हैन ? यदि अभिमन्युरुपी रविले चक्रव्युह तोडेर आएपछि रविलाई दुःखदिनेहरु कहाँ भाग्लान् कसैले सोचेको छ ? किनकी नेपाली नभएको देशै छैन । विदेश आए विदेमासनै बसेकाले र नेपाल बसे नेपालीले नै लखट्ने छन् । हामी त राम राम मात्र भन्ने हो काँध उनीहरु नै थापुन् ।
हुन त आजभन्दा ४ वर्ष अघि पनि २८ दिन थुनेर चितवन जिल्ला रविमय बनाए । २८ दिनसम्म थुन्दा पनि केही प्रमाण फेला परेन । अहिले ३ महिना भन्दा बढी समय कास्की, रुपन्देही, पर्सा, काठमाडौं र चितवन भ्रमण गराएर पनि केही हात लागाउन सकेनन् ।। बरु ती जिल्लाहरु पनि रविमय बनाएर छोडे । जसरी महादेवले सतिदेवीको लास बोकेर हिड्दा जहाँ जहाँ सतिदेवीको अंग पतन भए त्यहाँ त्यहाँ शक्तिपीठ बने जस्तै रविलाई घुमाइएका जिल्लाहरु रविमय भए ।
अब रविले पाईला टेकेका ठाउँका जनता पनि ३४ वर्षको बन्धकबाट मुक्त हुनेछन् किनकी जनता २ तिहाई सरकारका दास होइनन् । जनताहरु जाग्दैछन् ः भ्रष्टहरु भाग्दैछन् । चेतना भया ।
अमेरिका, भर्जिीनया
प्रतिक्रिया