अमेरिकाको डिसी महानगर क्षेत्रमा बिगत एक दशक देखि कानुनी व्यवसाय संचालन गर्दै आएकी प्रख्यात अधिवक्ता बन्दिता शर्मा दाहालद्वारा संचालित दाहाल एण्ड एसोसिएट्स एलएलसिले १० औ बार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
अमेरिकामा पेशागत हिसावले बिगत १५ बर्ष देखि वकिल पेशामा रहेता पनि डिसी क्षेत्रमा १० बर्ष देखि आफ्नै कार्यालय अर्थात् कानुनी व्यवसाय (लिगल फर्म )स्थापना गरेको शुभ अवसरमा समुदायका प्रतिनिधिहरु,अतिथी तथा आफ्ना ग्राहक(क्लाइन्ट)हरुलाई आमन्त्रण गर्दै समुदायलाई बिगत १० बर्षमा गरेका केही उपलब्धीको साथै अनुभवहरु बारेमा संक्षेपमा अधिवक्ता बन्दिता शर्मा दाहालले जानकारी गराईन ।
कार्यक्रमको मुख्य उद्धेश्य आफ्ना ग्राहक तथा समुदायको अद्वितीय सहयोग प्रति कदर ,सम्मान गर्नुको साथै कृतज्ञता ज्ञापन गर्नु रहेको थियो । उनले सदैव त्यस्तै साथ र सहयोग रहोस भन्दै सबैलाई धन्यबाद दिईन ।
कार्यक्रममा औपचारिकता अत्यन्तै न्यून रहेको उक्त कार्यक्रममा शर्माले कर्मचारीहरुको परिचय गराएकी थिइन् । त्यस्तै एक कर्मचारीले १० बर्षका छोटो गतिबिधिको बारेमा प्रकाश पारेकी थिईन भने २-३ जना अतिथिहरुले मात्र छोटो शुभकामना मन्तब्य राखेका थिए ।
औपचारिक कार्यक्रम कै बीचमा अधिवक्ता शर्माका श्रीमान चिकित्सक शील कु दाहालले एक गीत प्रस्तुत गर्दै अधिवक्तासँगको जीवन यात्राको बारेमा बोलेका थिए । चिकित्सक शीलले कामको सराहना गरे ।
त्यस्तै अधिवक्ता शर्माका दुई छोराहरुले पनि आमाको बारेमा बोल्दै आफूहरुलाई हेरचाह गर्ने भन्दै प्रशंसा गरे । आधा घण्टाको औपचारिक कार्यक्रम लगत्तै केसी डान्स सेन्टरका संस्थापक द्वय नबिन केसी तथा लुना श्रेष्ठले एक नृत्य प्रस्तुत गर्दै सबैलाई मंचमा आह्वान गरे पछि सामूहिक नृत्य सुरुवात भएको थियो ।
उपस्थित अधिकांशले थुप्रै गीतहरुमा मनोरंजन गरेका थिए । कार्यक्रम संचालन पुष्पा खनालले गरेकी थिइन् भने पार्वता अधिकारीले दाहाल एण्ड एसोसिएट्स बारेमा बोलेकी थिइन् ।
शुभकामना दिने क्ताहरुमा सगरमाथा टेलिभिजन(अमेरिका)की नीलु उप्रेती खरेल , अनेष्ट रियल स्टेटकी प्रमुख अन्जना बुढाथोकी सापकोटा तथा ईनेप्लिजको तर्फबाट विजय थापाले शुभकामना दिएका थिए ।
प्रतिक्रिया