अमेरिकी ओलम्पिक पदक विजेता फ्रेड केर्ली मायामीमा प्रहरीसँगको मुठभेडको क्रममा गिरफ्तार

इनेप्लिज २०८१ पुष २१ गते १२:०५ मा प्रकाशित

अमेरिकी ओलम्पिक पदक विजेता फ्रेड केर्लीलाई मायामीमा प्रहरीसँगको मुठभेडको क्रममा गिरफ्तार गरिएको छ ।

अमेरिकी ओलम्पिक धावक केर्लीलाई गत बिहीबार राती फ्लोरिडाको मायामीमा प्रहरी अधिकारीहरूसँगको भिडन्तको क्रममा पक्राउ गरिएको छ । उनीमाथि प्रहरी अधिकारी माथी आक्रमण र अव्यवस्थित आचरणको आरोप लगाइएको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले पछि घटनाको शरीरमा भिरेको चित्रग्राहिणी (बडी क्यामेरा) श्रब्यदृश्य सार्वजनिक गरेको थियो । उनि २०२४ का पेरिस ओलम्पिकमा पुरुषको १०० मिटरमा कास्य पदक बिजेता हुन् । केर्लीले प्रहरी अधिकारीहरूलाई हातले धकेलेको देखिन्छ । त्यस पछि झगडा सुरु भएको थियो ।

धेरै प्रहरी अधिकारीहरुले केर्लीलाई भुइँमा लडाए । सिएनएनका अनुसार एक प्रहरीले उनलाई धेरै चोटि हिर्काएको देखिएको जनाएको छ । केर्लीका प्रतिरक्षा वकिल येल सानफोर्डले सिएनएनलाई एक वक्तब्यमा शरीरको चित्रग्राहिणी श्रब्यदृश्य (बडीक्याम फुटेज) घृणायोग्य भएको बताए ।

एक अधिकारीले केर्लीले कानूनी आदेशहरूलाई बेवास्ता गरे र वर्दीधारी अधिकारीहरू मध्ये एकलाई शारीरिक रूपमा धकेले।

टर्नर गिलफोर्ड रात्री सुधार केन्द्रमा जानु अघि केर्लीलाई स्थानीय अस्पताल लगिएको थियो । त्यसपछि उनी शुक्रबार दिउँसो मायामी-डेड काउन्टी अदालतमा उपस्थित भए । सन् २०२४ को मे महिनामा घरेलु हिंशाको आरोप खेपी रहेको सिएनएनले जनाएको छ ।

२९ बर्षिय केर्ली उनि टेक्सस राज्यका हुन् । उनि कास्य पदक ,रजत पदक लगायत थुप्रै पदक जित्ने ओलम्पिक धावक हुन् ।

प्रतिक्रिया