लन्डनमा सम्पन्न वाण हान्ने बिश्व प्रतियोगितामा १७ बर्षिय किशोर बिजयी,तीन पटकका विजेता गेर्वेनलाई ७-३ ले हराए

इनेप्लिज २०८१ पुष २० गते २१:१२ मा प्रकाशित

बेलायतको लन्डनमा सम्पन्न वाण (डार्ट )हान्ने बिश्व प्रतियोगितामा १७ बर्षिय किशोर बिजयी भएका छन् । किशोर ल्यूक लिटलर वाण (डार्ट्स)को सबैभन्दा कान्छो विश्व बिजेता बनेका छन् ।

लिटलरले गत शुक्रबार भएको प्रतियोगिताको अन्तिम खेलमा तीन पटकका विजेता माइकल भान गेर्वेनलाई ७-३ ले हराए । लन्डनको अलेक्जान्ड्रा प्यालेसमा खचाखच भरिएको भीडले उनि प्रति नाराहरू लगाएता पनि लिटलरको खेललाई असर नगरेको सिएनएनले जनाएको छ ।

लिटलरले तुरुन्तै ४-० को अग्रता बनाएका थिए । माइकल भान गेर्वेनले तीन लगातार जितेता पनि पछि उनले चमत्कार देखाउन सकेनन् ।

३५ वर्षीय नेदरल्याण्डका उनि २४ वर्षको उमेरमा सबैभन्दा कान्छो विश्व बिजेता भएका थिए । तर यस पटक उनले बाजी मार्न सकेनन् । अन्ततः, लिटलरले भान गेर्वेनको १००.६९ विरुद्ध १०२.७३ को औसत अङ्क प्राप्त गर्दै खेल जिते ।

हामी दुवैले राम्रो खेल्यौं। इमानदारीपूर्वक भन्नु म यसलाई विश्वास गर्न सक्दिन,उनले आफ्नो जित पछि तुरुन्तै स्काई स्पोर्ट्सलाई भने।

बेलायती प्रधानमन्त्री केइर स्टारमरले पनि उनलाई प्रेरणादायी प्रदर्शन गरेकोमा बधाई दिए। म सर्वोत्कृष्ट छु भन्न चाहन्न, हुनसक्छ तथ्याङ्क अनुसार म सर्वोत्कृष्ट हुन सक्छु, उनले पत्रकारहरूलाई भने।

प्रतिक्रिया