मानव समाजको मूल्य-मान्यता र संस्कृतिलाई गहिरोसंग बुझ्ने यात्रामा हिडेको यात्रा! रामु बिश्वकर्मा, पिएचडी (समाजशास्त्र)

रामु बिश्वकर्मा, पिएचडी (समाजशास्त्र) २०८१ पुष १६ गते २२:२९ मा प्रकाशित

पहिलो कुरा त… हामी मान्छेहरू कति अचम्मका प्राणी हौं, होइन र? कहिले हाँस्छौं, कहिले रुन्छौं, कहिले पुरानो परम्परालाई आँखा चिम्लेर पछ्याउँछौं। तर के हामीले कहिल्यै सोचेका छौं – किन र कसरी यी सब सुरु भए? आज यही रोचक यात्रामा मेरो केहि विचार र कामहरुको बारेमा थोरै जानकारी दिने छु!

मान्छेको दिमाग एक जटिल नेटवर्क हो ।

हाम्रो दिमाग एउटा अद्भुत कम्प्युटर जस्तै हो, जसमा:
पुर्खाहरूको डाटा (हाम्रो संस्कार)
समाजको प्रोग्रामिङ (हाम्रो संस्कृति)
व्यक्तिगत अपडेट (हाम्रा अनुभवहरू)
कुराहरुले भरेको हुन्छ।

तर याद राख्नुहोस् । जसरी कम्प्युटरमा भाइरस आउन सक्छ, त्यसैगरी हाम्रो सोचमा पनि गलत धारणाहरू घुस्न सक्छन्!

हाम्रो मूल्य-मान्यता हाम्रो लागि अत्यन्त प्यारा हुन्छन । तर यी कहाँबाट आए?

हाम्रा मूल्य-मान्यताहरू यस्तै आकाशबाट खसेका होइनन्:
केही पुर्खाहरूको बुद्धिमत्ताबाट आएका छन्
केही सामाजिक आवश्यकताबाट विकसित भएका छन्
केही धार्मिक विश्वासबाट प्रभावित छन्
र केही… बस हल्ला र भ्रमबाट पनि!

यसैले हामीहरुले विचार गरेर सोच्नै पर्छ:

“छोरीले कालो लगाउनु हुँदैन” – किन?

“राति नङ काट्नु हुँदैन” – को भन्छ?

“बिहान उठ्दा दाँत माझ्नु अघि पानी खानु हुँदैन” – कहाँबाट आयो यो नियम?

संस्कृति पक्कैपनि हाम्रो पहिचान हो, तर हामी संस्कृति र परम्परालाई गहिरिएर बुझ्न विवेकशील बन्नै पर्छ ! संस्कृति राम्रो हो, तर:

दाइजो प्रथा पनि त हाम्रै संस्कृति थियो, होइन?

छुवाछूत पनि त परम्परा कै नाममा थियो, होइन?

महिला-पुरुष भेदभाव पनि त संस्कृति कै भाग थियो, होइन?

अहिलेको युगमा के गर्ने त तेसो भए?

१. विश्लेषण गरौं:
परम्परा किन सुरु भयो?
यसको वैज्ञानिक आधार छ?
के यो अझै सान्दर्भिक छ?

२. तथ्य खोजौं:
भावनामा होइन, तथ्यमा आधारित बनौं
“सबैले गर्छन्” भन्दैमा नगरौं
“पहिलेदेखि चल्दै आएको” भन्दैमा नपछ्याऔं

३. स्मार्ट विचार र संस्कार छनौट गरौं:
राम्रो परम्परा जोगाऔं (जस्तै: सामूहिक सहयोग)
हानिकारक प्रथा त्यागौं (जस्तै: बाल विवाह, जातिपाती, ठुलोसानो, gender discrimination)
नयाँ राम्रा चलन अपनाऔं (जस्तै: वातावरण संरक्षण)

मेरो युट्युब च्यानल (Thinkasium Lab): क्रिटिकल सोच विकास गर्न!

म यहि विषयहरूमा वैज्ञानिक अनुसन्धान, तथ्य र तथ्याङ्कमा आधारित विश्लेषण गर्न को लागि हालसालै एउटा युट्युब च्यानल सुरुगरेको छु । विज्ञान, इतिहास, समाजशास्त्र र मनोविज्ञानको चश्मा लगाएर हाम्रा परम्परा र विश्वासहरूलाई बुझ्ने प्रयास मा यो यो च्यानललाई समर्पण गरेको छु ! च्यानलमा राखिएका सामग्री मध्ये एउटा सामग्री यहाँ पस्केको छु:  Thinkasium Lab Ep 11, Why Should We Understand the Beliefs-Values-Culture Connection?अहिले राखिएका सामग्रीहरु english मा भएपनि भबिष्यमा नेपाली र हिन्दी भाषामा subtitle राखिने छ।

मेरो रिसर्च, विचार, ज्ञान र बिबेक को मुख्य संदेशहरु यहि रहने छन:

परम्परालाई माया गरौं, तर आँखा चिम्लेर होइन

संस्कृतिलाई जोगाऔं, तर सोच-विचार गरेर

मूल्य-मान्यतालाई पछ्याऔं, तर किन भन्ने जानेर

अन्त्यमा, मेरो अनुरोध

यी विषयमा निरन्तर छलफल, र विचार बिमर्श गरौं ! तर याद राख्नुहोस्: “यस्तै चलन छ” भन्ने तर्क स्वीकार्य छैन – तथ्य र प्रमाण चाहिन्छ !

नयाँ वर्ष २०२५ मा हामी सबै थप बुद्धिमान् र विवेकशील बनौं ! नयाँ वर्ष २०२५ को सबैजनालाई हार्दिक मंगलमय सुभकामना !

रामु बिश्वकर्मा, पिएचडी (समाजशास्त्र)

प्रतिक्रिया