निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमा पर्खाल पुन :निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा उक्त वाचा गरेका छन् ।
डिसेम्बर २८ शनिबारका दिन उनले मध्य १२ बजे तिर म हाम्रो देशलाई हिंसात्मक आप्रवासी अपराध, फेन्टानिलबाट बचाउनको लागि पुनर्निर्माण गर्ने जनाएका छन् । टेक्ससका एक संघीय न्यायाधीले बाइडेन प्रशासनले सीमा पर्खालका लागि तोकिएको कुनै पनि सामग्री बेच्न निषेध गरेकोमा त्यसलाई निषेधित गरेका छन् । न्यायाधिशले उनीहरुले दायर गरेको मुद्धामा फैसला सुनाए पछि न्यायधिश प्रति खुसी व्यक्त गरेका छन् ।
उनले तस्करी, यौन बेचबिखन, आतंककारी हमलाहरू, र अन्य जघन्य अपराधबाट बचाउन सीमा पर्खाल पुन : निर्माण गर्ने बताएका हुन् ।
साथै न्यायाधीशले सामग्रीको अवैध बिक्रीको बारेमा अनुसन्धान गर्न पनि आदेश दिएका छन्। ट्रम्पले टेक्सस र मिजौरी राज्यहरूद्वारा यस महत्त्वपूर्ण मुद्दामा सामेल हुन पाउँदा म सम्मानित छु भनेका छन् ।
हाम्रो देशको लागि सही काम गरेको भन्दै न्यायाधीश ड्र्यू टिप्टनको प्रशंसा गरेका छन् । उनले अगाडी भने हामीले हाम्रो सिमानाको रक्षा गर्नुपर्छ, र अमेरिकालाई बचाउनु पर्छ।
प्रतिक्रिया