दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूलाई विपक्षी सांसदहरूले महाभियोग लगाएका छन्।
दक्षिण कोरियाको विपक्षी नियन्त्रित राष्ट्रिय सभाले राष्ट्रपति युन सुक येओलको आश्चर्यजनक रुपमा सैनिक कानुयून(मार्शल ल)लागू गरे पछि उनिलाई हटाएको करिव २ हप्तामै कार्यवाहक राष्ट्रपति हान डक-सूलाई महाभियोग लगाउन शुक्रबार मतदान गरे।
हानको महाभियोगको अर्थ संवैधानिक अदालतले उनलाई बर्खास्त गर्ने वा पुनर्बहाली गर्ने निर्णय नगरेसम्म राष्ट्रपतिको शक्ति र कर्तव्यहरू खोस्नेछ।
सिविएसन्यूजका अनुसार अदालतले पहिले नै युनको महाभियोगलाई समर्थन गर्ने कि नगर्ने भनेर समीक्षा गरिरहेको छ।
राष्ट्रिय सभाले हानको महाभियोग प्रस्ताव १९२-० मतले पारित गर्यो। सत्तारुढ पीपुल पावर पार्टी(दल)का सांसदहरूले मतदान बहिष्कार गरे ।
सभामुखले हानको महाभियोग प्रस्तावमा मतदानको लागि आह्वान गरेपछि ३०० सदस्यीय विधानसभामा साधारण बहुमत आवश्यक छ, पीपीपीले दाबी गरे अनुसार दुई तिहाई बहुमत चाहिन्छ भन्ने घोषणा गरेपछि पीपीपी सांसदहरूले विरोध गरे।
सिविएसन्यूजका अनुसार धेरैजसो दक्षिण कोरियाली अधिकारीहरूलाई राष्ट्रिय सभाले दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूलाई विपक्षी सांसदहरूले महाभियोग लगाएका छन्सा धारण बहुमतको मतले महाभियोग लगाउन सक्छ, तर राष्ट्रपतिको महाभियोगको लागि दुई तिहाईको समर्थन चाहिन्छ।
कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने सम्बन्धमा कुनै विशेष कानुन छैन ।
प्रतिक्रिया