अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको आयोजनामा कवि कवीन्द्रराज सिटौलाको “फर्केर जाऊँ घर” भिडियो कविता प्रदर्शन एवम् Guinness World Record को उद्देश्यसहित आरम्भ गरिएको ”प्रेम-कवितासङ्कलन विश्वयात्रा” महाअभियान कार्यक्रम सुरु हुने भएको छ । प्रेमले विश्वमा देखापरिरहेका हिंसा र अशान्तिका भावहरू मेटाउन र विश्वशान्ति स्थापना गर्नसकिने विश्वास राख्दै कवि सिटौलाले प्रेममय भावसहित विश्व अभियान थालनी गर्न लागेको बताउनु भएको छ । बुध्दले करुणा र अहिंसाको सन्देश दिई विश्वमानवजगतमा नयाँ वैज्ञानिक सन्देश स्थापना गरेको स्मरण गर्दै वर्तमान समयलाई प्रेमको खाँचो रहेको उहाँको बुझाइ छ ।
विश्वका प्रमुख देशहरूमा पुगी त्यहाँ नेपली तथा सम्बन्धित देशका नागरिकहरूलाई कवितात्मक शैलीमा प्रेम विषयमा लेख्न आह्वान गरिनेछ । जसले नेपलीहरूमा घर फर्कने भावना जाग्नेछ भने नेपालको विश्वव्यापी प्रचार हुनेछ । कम्तीमा दश लाख व्यक्तिहरूबाट लेखन गरिने उक्त पुस्तक प्रेमविषय, पृष्ठ, आयाम र तात्क्षणिक लेखन गरिएको कृतिका हिसाबले विश्वमा पहिलो रेकर्ड राख्ने उहाँको विश्वास छ । उक्त महाअभियानमा देशविदेश जहाँकहीँ रहने मानवसमुदायका दाजुभाइ दिदीबैनीहरूले सहयोग गर्नुहुन अनुरोध गर्दै कार्यक्रममा सहभागिताको लागि अपिल गर्नुभएको छ । विश्वयात्रापश्चात् आफ्नो जन्मभूमि पूर्वी नेपालको चुहानडाँडामा विश्वस्तरीय पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेकोसमेत कवि सिटौलाले जानकारी दिनुभयो ।
साथै आयोजक संस्थाले सिट व्यवस्थापन को लागि RSVP अनिवार्य भएको हुँदा तपसिल सदस्यहरूलाई यहाँको सहभागिताको जानकारी गराइदिनुहुनसमेत अनुरोध गरेको छ।
कार्यक्रम :
मिति : शुक्रबार डिसेम्बर २७
समय : साँझ ६:०० बजे
स्थान : Wyndham Garden Manassas:
10800 Vendor Ln. Manassas, VA 20109
यहाँको उपस्थितिको जानकारीका लागि सम्पर्क:
नीलकण्ठ सुवेदी- 703-772-6824
कवीन्द्र सिटौला -571-259-3984
जगन्नाथ पौडेल-703-459-0072
प्रतिक्रिया