युक्रेनी सेनाद्वारा कुर्स्कमा उत्तर कोरियाली सैनिकहरु बीच ‘महत्वपूर्ण’ हताहत भएको दाबी,कम्तिमा ३० उत्तर कोरियाली सैनिकहरू मारिए

इनेप्लिज २०८१ पुष १ गते ११:५८ मा प्रकाशित

युक्रेनी सेनाले कुर्स्कमा उत्तर कोरियाली सैनिकहरू बीच ‘महत्वपूर्ण’ हताहत भएको दाबी गरेको छ । युक्रेनी गुप्तचरहरूले कम्तिमा ३० उत्तर कोरियाली सैनिकहरू मारिएका वा घाइते भएको बताए।

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले सोमबार कम्तिमा ३० जना उत्तर कोरियाली सैनिकहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा सप्ताहन्तको लडाइँमा मारिएका र घाइते भएका छन्, ।

कुर्स्क क्षेत्रको प्लेखोभो, वोरोज्बा र मार्टिनोभका गाउँहरू वरपर “उत्तर कोरियाली सेनाका इकाइहरू आक्रमणमा भएको क्षति पछि पुनः सुसज्जित भइरहेका छन्”, जियुआरले आफ्नो आधिकारिक टेलिग्राम च्यानल(माध्यम) मा समाचार प्रकाशन गरेको छ ।

डिसेम्बर १४ र १५ उत्तरी कोरियाली सेनाका इकाइहरूले महत्त्वपूर्ण क्षति बेहोरेको छ । कम्तिमा ३० सैनिकहरू मारिए र घाइते भए। कम्तिमा तीन उत्तर कोरियाली सेना कुर्स्कको कुरिलोभका गाउँ वरिपरि बेपत्ता भएको समेत एबिसीन्यूजले जनाएको छ ।

क्षतिको कारण आक्रमणकारी समूहहरूमा नयाँ कर्मचारीहरू आएको युक्रेनी सेनाले बताएको छ । पेन्टागनका प्रवक्ताप्याट राइडरले गत नोभेम्बरमा प्योङयाङले हालैका महिनाहरूमा रुसमा १२,००० सैनिक पठाएको बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार कीभसँग रूसीहरूले आफ्नो आक्रमणमा उत्तर कोरियाली सैनिकहरू प्रयोग गर्न थालेको प्रारम्भिक तथ्याङ्कहरू रहको बताए ।

हामी हाम्रा सबै साझेदारहरूसँग यो युद्ध रोक्नको लागि समन्वयमा कार्य जारी राख्नेछौं । हामी यी उत्तर कोरियालीहरू विरुद्ध सहित आफ्नो रक्षा गर्नेछौं,जेलेन्स्कीले भने ।

प्रतिक्रिया