कथा -माडसापको सपना !

पत्रकार/लेखक २०८१ मंसिर २९ गते १७:४४ मा प्रकाशित

बिर बहादुर आफ्नो छिमेकी घन श्याम पण्डित को दुखान्त निधन ले रन्थनिएका छन् गहभरी आंशु टल पलाएको छ। आशुलाइ उनले रोक्न खोजे पनि सकेन र खसी रह्यो खसी रह्यो। जब सम्म मित्र घन श्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन।आफ्नो बाल शखा लाइ हावा मा बिदा गरेर फर्कदै छन् बिर बहादुर खाली हात फर्के घर तिर बिर बहादुर घन श्याम पण्डितको अतित लाइ बल्झाउदै ताजा बनाउदै छिमेकी मात्र थिएनन बिर बहादुर घन श्याम पण्डितको सानै देखि अतिनै मिल्ने असल साथी पनि थिए।एकअर्काका दुख सुख गार्हो सार्हो साटा साट गर्थे ,चाड पर्ब भोज भत्तेरमा एकले अर्का लाइ बोलाउन नछुटाउने मात्र होइन एउटै घर झैँ परेको सहयोग पनि गर्थे। घन श्याम पण्डितका एक छोरा र एक छोरी थिए, दुइ बर्ष मात्र फरकका तर उनिहरुको पढाई एउटै कक्षामा पढाई गर्थे।आफ्नो शिक्षण अनि अलिकति ट्युसनको सिमित कमाइमा घनश्याम पण्डितले छोरा छोरीको स्तरीय शिक्षाको लागि काठमाडौंको महँगो स्कुलमा बोडर्स गराएका थिए।आफ्नो छाक छाक को गास लाइ सिमित गर्दै अन्नपात घरको चौपाया समेत बेच्दै बेच्दै छोरा छोरीको पढाई खर्चको जोहो गरि पढाउने गर्दथे घन श्याम पण्डित।भबिस्यमा सुख पाउन लगानी गर्नुछ भने छोरा छोरीको उच्च पढाईमा गर्नु। विदेश गएर बेस्कन् कमाएर लेराउछन एकदिन बुढेशकाल भएपछी काठमाण्डौ शहरमा घर बनाएर बस्नु पर्छ भनि सुनाउने गर्थे। बिर बहादुर लाइ कुनै प्रतिबाद नगरी घन श्याम माड्सापको कुरो सुनी रहन्थे बिर बहादुर।

बिर बहादुरको एउटै छोरो प्रबेशिका परीक्षामा असफल भएर गाउमै खेतीपाती र पशुपालन गरिबसेको थियो। बिर बहादुर आफ्नो पुर्ख्यौली रासन पानीको पसलमै दंग थिए सन्तोष थिए।छोरा माथी धेरै सपना देख्ने रहर बिर बहादुर बाट भागी सकेको थियो बस छोराको एउटा सज्जन केटि सित बिहे गरिदिनु पाए बुढेस कालमा यहि घर कटेरोमा नाति नातिना खेलाएर बस्ने भन्दा अरु आशा न भएको भनि सुनाउदा घन श्याम पण्डित भन्थे हेर बिर बहादुर यो सब भाग्यको कुरो पनि हो भोलि मेरा छोरा छोरी डाक्टर इन्जिनियर बनेर मलाइ कत्ति सुखले पाल्ने छन् देख्नेछस भनि दोहोर्याई रहन्थे न् भन्दै एक दिन घन श्याम पण्डितका छोरा डाक्टर पढ्न र छोरी कम्पुटर इन्जिनियर बन्न विदेश हिड्ने भए घन श्याम निक्कै खुसि थिए।

घनश्याम पण्डितले ढोकाको दुइ तिर गाग्रीको घडा राखेका थिए।टपरीमा आलो माछा दहीको कतारो अनि दुवा को माला र चन्दन को टीका लगाई दिएर आशिर्बाद दिएका थिए बाबु छोरी संसार को जुन कुना मा पुगे पनि आफ्नो गाउ पाटि पौवा कान्ला खोल्सा भन्ज्यांग चौतारी अनि देशलाइ न् बिर्सनु आफ्नो धर्म सस्कृतिलाइ सम्मान गर्नु बेलैमा पढाई सकेर स्वदेश फर्केस म तिमीहरु को बाटो हेरी बस्ने छु।तिमीहरु मेरा दुइ आखा हौ,जब सम्म तिमीहरु फर्कदैनौ यो घरमा अब उज्यालो हुने छैन। घनश्याम बाजे एक दिन अगाडी सम्म गर्बसाथ फुर्ती देखाउदै थिए मेरा सन्तान विदेश जाने भए धेरै धन कमाएर लेराउने छन् भन्थे। आज भने उनि हास्ने प्रयास गर्दा गर्दै आशु झार्न थाले बिर बहादुर सम्झाउन थाले हे घनश्याम माडसाप हिजो सम्म तपाइँ खुसीले गद्ग गद्द हुनु हुन्थ्यो अहिले हासी हासी बिदा न् गरेर किन सुक्क सुक्क नि तपाइले नै भनेको होइन छोरा छोरी लाइ एक पटक विदेश पठाउनु नै पर्छ पढ्ने मात्र होइन देख्छन अनि फर्की आइ आफ्नो देश लाइ पनि त्यस्तै बनाउछन भनेर खुसि साथ बिदा गर्नोस घनश्याम बोल्न सकेनन छोरा छोरी भन्ज्यांगको चौतारी मुनि न् पुगुन्जेल सम्म हात हल्लाउदै हल्लाउदै हेरी राखे फेरी चोटामा पुगेर झ्यालबाट नियाल्न खोजे उनि हरु पर पुगी सकेका थिए।

हफ्ता बित्यो,महिना बित्यो छोरा छोरीको कुनै खबर आएन न त् कुनै सोधखोज गरे।घनश्यामका आखा सधै ढोका बाहिर मात्र पुग्दथे।छोरा छोरी आए कि भन्दै अन्तमा आज बिहान सीतको थोपा फुल माथी पर्नु भन्दा अगावै घन श्यामले सदाको लागि आखा चिम्ली सकेछन।

सन्तान सित बिछोडको पिडाले धेरै दिन सम्म घन श्याम पण्डितले मन लगाएर स्वादले खाना समेत खाएका थिएनन। नियास्रो लाग्यो बिर बहादुर कहिले भेट्ने होला अब तिनी हरुलाइ मेरो मुटुको टुक्राहरु अहिले कहाँ पुगेहोलान हगी भन्दै घरि घरि सोध्ने गर्थे।घनश्याम पण्डितले सन्तानलाइ विदेश पढ्न पठाउन भएको खेत बारी बेच्दा समेत न पुगेर बस्दै आएको घर कटेरो समेत बन्धकीमा राखेका रहेछन।मलाइ भनेका थिएनन ,दोस्रो बर्ष बल्ल पल्ला गाउको मुखिया काजि ब्याज उठाउन भनेर घन श्याम पण्डितलाइ भेट्न आउदा पो थाहा पाएको थिए। फेरी दोस्रो बर्ष न् पुग्दै पढाईको शुल्क तिर्न पैसा पुगेंन् जसरि पनि पैसा पठाई दिनु पर्यो भनि खबर पठाएका थिए,माडसापले खाइ रहेको नोकरी राजिनामा दिई त्यस बापत आएको निबृति भत्ता अनि संचय कोषको रकम झिकी पठाई दिएका थिए।घन श्याम माडसाप सित अब बन्धकी मा परेको घर गोठ र छोरा छोरी माथिको सपना आशा भरोसा बाहेक केहि बाकी रहेको थिएन केहि समय पछी एका बिहानै घन श्याम पण्डित बुढा गद गद हुदै खुसिको खबर सुनाउन झ्यालबाट मलाइ चिया खान आइज बिर बहादुर भनि बोलाउछन। के हो घन श्याम माडसाप खुसिको खबर ? आँखामा खुसीको आँशु पुछ्दै भनेका थिए सुन्यौ बिर बहादुर छोरा छोरीले उच्च अंक लेराएर परिक्षामा उत्रिंण भएछन् दुबैले बर्षको लाखौ डलर कमाउने नोकरी पनि पाई सके रे मेरा दुखका दिन गए बुझ्यौ बिर बहादुर अब।आज मेरो छाती गर्बले ढुक्क भएकोछ,मेरो इच्छा पुरा हुनेदिन आए अब छोरा ले ..छोरीले मलाइ पैसा पठाई दिने छन् ।

मलाइ त् किन चाहियोर यहि घर गोठको धितो ऋण तिर्न पाए पुगी गो तर उनि हरुले पठाएको अरु पैसाले यो गाउमा स्वास्थ्य चौकी बनाउछु बिर बहादुर स्वास्थ्य चौकीको अभाबले नै मेरो श्रीमतीको कालाज्वरको उपचार हुन् न सक्दा छोरा छोरी लाइ टुहुरो बनाइ उमेरमै संसार बाट बिदा भएकी थिइन।जिउदो भएकी भए कति खुसि हुन्थिन उनि हगी बिर बहादुर ? गाउको लागि भन्ज्यांगमा पानीटंकी बनाएर घर घरमा धारो हालिदिने ठुलो चाहना छ।गाउमा एउटा राम्रो स्कुल पनि बनाउनु छ बिर बहादुर तिमीले मलाइ साथ दिनु पर्छ भावाबेसमा घनश्याम आफ्ना सपनाहरु सुनाइ रहे म सुनी रहेको थिए। तर समय बित्दै गयो घनश्याम पण्डितका सपनाहरु बिस्तारै धुमिल बन्दै गए।न त छोरा छोरीले ले कुनै पैसा पठाई दिए न त कुनै आस्वासननै पालै पालो पहिले छोराले एउटी गोरेनी सित चर्चमा गै बिहे गरेको खबर र फोटो पठाए बुहारीले पहिलो श्रीमान पट्टिको छोरो समेत साथमा राखेकी रहिछन।

पछी छोरीले एउटा धनाढ्य मुस्लिम केटा सित कोर्टमा बिहे गरेको खबर पठाइन बिहे अगाडी दुबैले पितालाइ जानकारी दिने आशिर्बाद लिने सोच कमाएका रहेन छन् ।दुबैले बिदेसकै नागरिकता लिने प्रक्रिया सुरु गरि सके रे घनश्याम पण्डितका छाती चिरिदै चिरिदै भ्वांग परेर क्षत बिक्षत बन्दै गएको थियो। उनको अनुहारमा अब खुसि कम पिडा धेरै देखिन थालेको थियो। उनको जोस जागर शिथिल हुदै गयो।उनका सपनाका योजना हरुमा माकुरोको बाक्लो जालीले छोपी सकेको थियो।अभाब नै अभाब र ऋणको भार ले उनि आगन काटेर वल्ला गाउ पल्ला गाउ गर्न पनि नसक्ने भएका थिए। फुर्सद मिल्यो कि बिरबहादुर घनश्याम माडसाप मित्रको घरमा छिर्न बिर्सदैनथे कहिले निदाल गनेर बसेका हुन्थे त कहिले खोले पकाउदै।झुक्किएर पनि उनले कहिल्यै छोरा छोरीको गुनासो गरेनन बरु उनि हरुले कमाएका रमाएका कुरा गर्थे।उनि हरुको खुसिनै आफ्नो खुसि हो भन्दै प्रसन्नता देखाउन खोज्थे तर बिर बहादुरले घनश्याम लाइ राम्रो सित पढी राखेका थिए।उनि प्रसंग कोट्याएर माडसापलाइ दुखि बनाउन चाहदैन थिए। यसैरितले दिन महिना बित्दै गए घनश्याम पण्डित शिथिल हुदै गए,उनको अनुहारको क्रान्ति मलिन हुदै गयो।आखाका डिल हरु भित्र पसे ओठ मुख सुख्खा सुख्खा हुन् थाले। बिर बहादुरलाइ उनको हबिगत देखेर छोरा छोरी बिदेस पठाएर पण्डितले के गल्ति गरे खोइ कता पुग्यो उनको सपना कता हराए सन्तान सन्तान हुनु र न हुनु को के फरक भयो त घनश्याम पण्डित लाइ आज सोच्न थाले।

बिहान अबेर सम्म ढोका न खुलेको देखेर बिर बहादुर ससंकित भए।सधै बिहान सबेरै उठी हरे गंगे हरे गंगे भन्दै कुवा मा नुहाउन जाने घन श्याम लाइ सन्चो भएन कि क्याहो भन्दै ढोका ढक ढक्याउन पुगे। ढोकामा चुकुल पनि लगाएका रहेन छन। घन श्याम माडसाप ऐ माडसाप बोलाएको त् म जिउदै छु बिर बहादुर !यता छु यता ज्वरोले ग्रस्त पारेकोले नुहाउन जाने हिम्मत भएन. .हेर त मेरो हात गोडा कामेर उभिन न सक्ने भएको छु।

.यसो तातो पानी तताएर खाउ कि भनेको सकिन त् बिर बहादुर ?बिर बहादुर ले हतपत् घन श्यामको निधार छामे घनश्याम को सम्पूर्ण शरीर धपक्क बले झै तातेको थियो। बिर बहादुर आत्तिदै उनलाई बाहिर फलैचामा लेराएर बसाउदछन। चिसो पानी पट्टि गरे केहि फाइदा भएन झन लरबराउने र बेहोस जस्तै भएका थिए बिर बहादुर ले छर छिमेकी लाइ बोलाए। गाउलेहरुको सल्लाहले सदर मुकामको अस्पतालमा पुर्याए। चिकित्सकले घन श्याम माडसापको दुवै मृगौलाले काम गर्न छोडी सकेको र रक्त अल्पता समेत भएको बताएर त्यहाँ उपचार हुन् न सक्ने मृगौला फेर्न सक्ने हो भने काठमाडौंमा उपचार गर्न लैजान सल्लाह दिए। सबै गाउले बिच मुख मुख भयो !अब के गर्ने ?कसले व्यहोर्न सक्छ र यस्तो ठुलो उपचार खर्च ?

बिर बहादुरले त्यहि बाट घन श्यामका छोरा छोरी लाइ फोनं गरेर तिमीहरुको बुबाको अवस्था यस्तो छ जत्ति सक्दो छिटो आउनु पर्यो भनि खबर दिए।छोराले भने अंकल म त हिजै बाट नया नोकरीमा लागेको छु,भोलि बाट एक महिनाको तालिम छ।त्यस पछी बिदा मिलाएर आउन सक्छु। छोरी भन्छिन अंकल मेरा दुइ वटा साना साना बच्चा छन् तिन्लाई छोडेर आउन कहाँ मिल्छ र दाइ लाइ भन्नोस न्.बिर बहादुरलाइ सार्है चित्त दुख्यो। दुवैलाइ भने ऐ नानि हो।बिर्स्यौ तिमीहरुले तिम्रा बुबाले कुन हण्डर खाएर कसरी आमा बनेर हुर्काए पढाए। सर्बस्व सिध्याएर तिमीहरु लाइ विदेश पठाए ? के आशिर्बाद दिएर पठाएका थिए तिमी हरुलाइ ? बिर्स्यौ ? उनि छोरा छोरी दुबैले उस्तै जवाफ दिए बुबाले भन्ने कुरो भन्नु भयो।आफ्नो कर्तब्य पुरा गर्नु भयो,हामिले पनि आफ्नो भबिस्य र परिवार पनि त हेर्नु पर्यो नि ? अंग्रेजी मिस्सिएको बोलि लाइ बिर बहादुरले मुस्किलले दोहोर्याउदै तेहर्यौदै सोधेकोले मात्र बुझेको थियो। यस्तो जवाफ पाएर बिर बहादुर बिलखबन्दमा पर्छन। छोरा छोरीको जवाफ सुनाएर आफ्नो मित्र लाई झनै दुखि र मानसिक पिडा दिनु उचित लागेंन बिर बहादुरलाइ र धेरै पटक फोन गरेको लाग्दै लागेंन् भनि झुठो बोले।

हफ्ता बित्यो,महिना बित्यो छोरा छोरीको कुनै खबर आएन न त् कुनै सोधखोज गरे।घनश्यामका आखा सधै ढोका बाहिर मात्र पुग्दथे।छोरा छोरी आए कि भन्दै अन्तमा आज बिहान सीतको थोपा फुल माथी पर्नु भन्दा अगावै घन श्यामले सदाको लागि आखा चिम्ली सकेछन।कुर्न बस्नेले पनि पत्तो पाएनन। दाग बत्ति दिन त आउछन कि भनेर बिर बहादुरले फेरी प्रयास गरे घन्टा घण्टाको फरकमा धेरै चोटी फोन गरे यो पटक साच्चिकै फोन उठेंन्। गाउका अर्का पण्डित छोराले दाग बत्ति दिए ………घन श्याम माडसापको चिता संगै उनको क्षितिजपारी को सपना पनि खरानी भएको थियो।

पत्रकार/लेखक

शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ

प्रतिक्रिया