राष्ट्र संघको महासभाद्वारा डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ को घोषणा , स्वामी आनन्द अरुणको अहम भूमिका

इनेप्लिज २०८१ मंसिर २४ गते २३:३९ मा प्रकाशित

राष्ट्र संघको महासभाले डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ को घोषणा गरेको छ । ओशो तपोवन नेपालका स्वामी आनन्द अरुणले यसमा ठूलो भूमिका निर्वाह गरेका थिए । स्वामी आनन्द अरुण जी बिश्वभरि भ्रमण गर्दै गर्दा यसलाई टुंगो लगाउनु पर्छ भन्दै बुद्ध जयन्तीको दिनमा ‘विश्व ध्यान दिवस’ होस् भन्ने पहिले देखि नै प्रस्ताव र आवाज उठाउदै आएका थिए । बिभिन्न राष्ट्रहरुको भ्रमणमा त्यहाँका स्थानीय ,केन्द्रिय तथा राज्य स्तरका नेतृत्ववर्गलाई भेटघाटलाई यस बिषयमा दवाव सृजना गर्नुको साथै उत्प्रेरणा समेत गर्दै आएका थिए ।

अन्तत्वगत्वा ,बुद्ध जन्यतीमा घोषणा हुन् नसकेता पनि डिसेम्बर २१ लाई विश्व ध्यान दिवस’ को घोषणा हुनु एक महत्वपूर्ण निर्णय हुन् पुगेको छ ।

राष्ट्र संघको महासभाले सर्वसम्मतिले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । भारतले संयुक्त राष्ट्र संघको महासभाको मस्यौदा प्रस्तावलाई सह-प्रायोजित गर्‍यो जुन डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न सर्वसम्मतिले स्वीकृत गरियो ।

शुक्रबार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्न निर्देशन दिने देशहरूको मूल (कोर )समूहमा नेपाल, भारत, लिक्टेनस्टाइन, श्रीलंका, मेक्सिको र एन्डोरा सदस्य रहेका थिए।

ध्यान र यसका फाइदाहरूबारे जनचेतना जगाउनको लागि, महासभाले शारीरिक र मानसिक स्वास्थ्यको उच्चतम प्राप्य स्तरको उपभोग गर्ने सबैको अधिकारको सम्झना गर्दै डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको हो ।

थप रूपमा, महासभाले योग र ध्यान बीचको सम्बन्धलाई स्वास्थ्य र कल्याणका लागि पूरक दृष्टिकोणको रूपमा स्वीकार गर्‍यो।

स्मरण रहोस ,सन् २०१९ मा अमेरिकाको भ्रमणमा रहेका ओशो तपोवन नेपालका स्वामी आनन्द अरुण जीको नेतृत्वमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने घोषणाको लागि फेब्रुअरी २०१९ मा भर्जिनिया राज्यको तल्लो सदनले विधेयक पारित गरेको थियो ।

https://www.facebook.com/share/v/yQh9cZYQqSTPGE8u/?mibextid=UalRPS

प्रतिक्रिया