विद्रोहीहरूले कुख्यात “मानव वधशाला” कारागार कब्जा गरेपछि बेपत्ता सिरियालीहरूको खोजी जारी रहेको सिएनएनले जनाएको छ ।
एम्नेस्टी अन्तर्राष्ट्रिय (इन्टरनेशनल)ले “मानव वधशाला” भनेर चिनिने डमास्कस बाहिरको कुख्यात सैदनाया सैन्य कारागारबाट विद्रोही सेनाहरूले कैदीहरूलाई रिहा गरेपछि बेपत्ता सिरियालीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।
सिरियाली नागरिक रक्षा (सिभिल डिफेन्स) जसलाई ह्वाइट हेल्मेट पनि भनिन्छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले गोप्य कक्षहरू वा छिडी (बेस्मेन्ट ) कोठाहरू खोज्न पाँचवटा विशेष टोलीहरू खटाएको छ । सिरियाली नागरिक रक्षा टोलीले थप कैदीहरू हुन सक्ने बताएको छ ।
सुविधाको तल्लो तहमा हजारौं थप थुनुवाहरू राख्ने सम्भावनाको बारेमा बिधुतिय माध्यम (अनलाइन)मा बहस चलेको छ। कारागारका कामदारहरूलाई थप दुर्गम स्थानहरूमा पुग्न ढोकामा राखिएका साङ्केतिक शब्द) कोडहरू प्रदान गर्न अपील गरेको छ ।
विद्रोहीहरूले सप्ताहन्तमा जेल कब्जा गरे करिब ३,००० बन्दीहरूलाई रिहा गरिएको छ । सिएनएनका अनुसार सिरियाली नागरिक रक्षा अर्थात् ह्वाइट हेल्मेटले थप हिरासत क्षेत्रहरूको खोजी जारी राखेका छन्।
प्रतिक्रिया