विद्रोही र सर्वसाधारणले डमास्कस असदको घरमा तोडफोड गरेका छन् । सिरियाली विद्रोही र नागरिकहरूले डमास्कसमा देशका पूर्व राष्ट्रपति बसर अल-असदको घरहरू भ्रमण गर्दै तोडफोड गरेको देखिएको सिएनएनले जनाएको छ ।
रोयटर्सद्वारा प्रकाशित एक श्रब्यदृश्य (भिडियो )अनुसार पुरुषहरू फर्निचर लिएर बाहिर निस्कँदा बालबालिकाहरू असदको अल राउदा राष्ट्रपति भवनको प्रवेशद्वारमा दौडिरहेको देखिएको छ । साथै दरबारमा एक हतियारधारी व्यक्ति राइफल बोकेको देखियो ।
सामाजिक सञ्जालमा प्रकाशन गरिएका अर्को श्रब्यदृश्य (भिडियो)ले राजधानीको अर्को घर जस्तो देखिने सभाकक्ष देखाइएको छ । पुरुष र महिलाहरूको आवाजमा यो जनताको पैसा भनि कजनाले भनेको सुनिएको छ ।
एउटी महिलाले डमास्कसमा को अल मलिकी छिमेकको एउटा घरको भान्साको भ्रमण गरिरहेको देखाइयो जसलाई “राष्ट्रपति दरबार” भनेर वर्णन गरिएको छ । दरबार राम्रोसँग सुसज्जित भान्साकोठामा औद्योगिक चिसो यन्त्र तथा पिज्जा बनाउने चूल्हो समेत देखाईएको छ । भान्साकोठामा अझै फलफूल, तरकारी र माछाले भरिएको छ ।
प्रतिक्रिया