फ्रान्सको प्रतिष्ठित नोट्रे डेम मुख्य गिर्जाघरको औपचारिक पुन उदघाटन , ट्रम्प ,जेलेन्स्की ,मस्क, जील वाइडेन पनि अतिथीको रुपमा उपस्थित

इनेप्लिज २०८१ मंसिर २२ गते १९:२९ मा प्रकाशित

फ्रान्सको प्रतिष्ठित नोट्रे डेम मुख्य गिर्जाघर औपचारिक रूपमा पुन: उदघाटन भएको छ ।

समारोहमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प , युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, प्रथम महिला जील वाइडेन , इलन मस्क लगायत अतिथीको रुपमा उपस्थित भएका छन्।

सन् २०१९ मा  आगलागीले ध्वस्त भएको ८६१ वर्ष पुरानो मुख्य गीर्जाघर शनिवार पहिलो पटक औपचारिक रूपमा आफ्नो ढोका खोलेको छ ।

 पाँच वर्षमा एक शानदार उपलब्धि भएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताए । 

साथै  बेलायतका राजकुमार विलियम लगायत १,५०० जना पाहुनाहरूको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा म्याक्रोन, ट्रम्प र जेलेन्स्की बीच भेट भएको छ । समारोहमा बर्षा भएको थियो भने कार्यक्रम मुख्य गिर्जाघरमै गरिएको थियो ।

प्रतिक्रिया