संसारभरिका दर्शकलाई फिल्म हलसम्म तान्न सफल ऐतिहासिक रेकड राख्न सफल चलचित्र पुर्ण बहादुर सारॅगीले नेपाली चलचित्रको अहिले सम्मकै सबै रेकर्डहरु तोडेको छ ।
अत्यन्तै राम्रो पारिबारिक कथामा आधारित यो चलचित्रको भर्जिनियामा ४ वटा सो को तयारि भै सकेको छ । ठुला हलहरुमा यतिधेरै सो भएको यो पहिलो घटना हो । आयोजक मध्येका निदेश अधिकारीले हामीलाई जानकारि दिए अनुसार भर्जिनियामा मात्र अहिले सम्म १,२०० दर्शकले चलचित्र हेरिसकेका छन् ।
केहि दर्शकले त २ पटक समेत हेरेका छन् । बाबु छोराको माया र त्यागमा आधारित यो चलचित्र सपरिवार हेर्न जादा परिवार बिचमा पनि भावनात्मक रुपमा गाढा सम्बन्ध बनाएको दर्षकहरुको प्रतिकृया छ ।
छोराछोरीले बाबुआमा , बुहारिले सासुससुरा तथा ज्वाईले सासुससुरा समेतलाई यो चलचित्र हेरेपछि आफुलाई मायाको नया पालुवा थपिदिएको महशुष गरेका छन् ।
पुर्ण बहादुरको सारंगीका प्राय सबै सो का टिकट बिक्री भैसकेका छन् अब गेन्सभिल स्थित रिगल सिनेमामा यहि डिसेम्बर १४ तारिखका लागि केहि सिटहरु बाकि रहेको जानकारि हामीलाई प्राप्त भएको छ ।
टिकट लिन चाहनेहरुले यो लिंकमा क्लिक गरेर किन्न सक्नु हुनेछ ।
https://adhikarillc.stripetickets.com/events/96955?fbclid=IwY2xjaw
प्रतिक्रिया