नरेश भट्टको परीक्षण( कानुनी सोधपुछ )२०२५ को सेप्टेम्वरमा ८ मा हुने भएको छ । उनि माथी ३ वटा जघन्य अपराधको अभियोग लगाईएको छ।
नरेश भट्टलाई गत मंगलबार बिहान प्रिन्स विलियम काउन्टी अदालतमा नयाँ अभियोगको लागि हाजिर हुने कार्यक्रम थियो नरेश भट्टका लागि नेपाली दोभाषे उपलब्ध नभएका कारण बहस बुधबार सारिएको थियो।
प्रिन्स विलियम काउन्टी राष्ट्रमणिडलकी अधिवक्ता एमी एशवर्थले अदालतमा पत्रकारहरूलाई नरेशलाई तीनवटा आरोपहरू अर्को वर्षको लागि निर्धारित गरिने बताईन।
डव्लुयुएसए का अनुसार परीक्षण सेप्टेम्बर ८, २०२५ मा सुरु हुने छ। अक्टोबर २ मा समापन हुने गरि १६ दिन परीक्षण चल्नेछ।
एउटा सुनुवाई मार्च २०,२०२५ को लागि तय गरिएको छ भने प्रि ट्रायल अर्थात पूर्व परीक्षण अगस्त २५ मा हुने डव्लुयुएसए९ ले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया