उत्तर कोरियालाई बन्दुक र बारुद निर्यात गरेकोमा क्यालिफोर्नियामा बस्ने चिनियाँ नागरिक पक्राउ र अभियोग

इनेप्लिज २०८१ मंसिर १८ गते २३:२३ मा प्रकाशित

क्यालिफोर्नियामा बसोबास गर्ने एक चिनियाँ नागरिकलाई उत्तर कोरियाली जासुसहरुको निर्देशनमा हतियार र गोला बारुद किनेर उत्तर कोरियामा निर्यात गरेको आरोपमा संघीय कानून प्रवर्तनले पक्राउ गरी अभियोग लगाइएको छ ।

जसले उनलाई उपकरणहरू किन्नको लागि २ मिलियन डलर दिएका थिए ।

४१ वर्षीया शेन्घुआ वेनले पनि उत्तर कोरियाली सैनिकहरूको पोशाक लगाएर दक्षिण कोरिया विरुद्ध “आश्चर्यजनक आक्रमण” गर्न मद्दत गर्ने प्रयास गरेको स्वीकार गरेको अभियोजकहरूले नोभेम्बर २६ मा दायर गरेको उजुरीमा उल्लेख गरिएको छ।

वेन सन २०१२ मा विद्यार्थी प्रवेशाज्ञामा अमेरिका आएका थिए र उनि ओन्टारियो क्यालिफोर्नियामा बस्छन्। उनले अमेरिका आउनु अघि चीनमा उत्तर कोरियाली अधिकारीहरूसँग भेटेको अधिकारीहरुलाई बताएको सिविएसन्यूजले जनाएको छ।

अगस्त १४ मा कानून प्रवर्तनले वेनको घरमा दुईवटा यन्त्रहरू जफत गरेको थियो । जुन उनले सैन्य प्रयोगको लागि उत्तर कोरियामा पठाउन चाहेका थिए । त्यस्तै उनले गत सेप्टेम्बर ६ मा लगभग ५०,००० गोलाबारुद जफत गर्यो जुन वेनले उत्तर कोरिया पठाउनको लागि प्राप्त गरेका थिए ।

वेनले डिसेम्बर २०२३ मा लङ बिचबाट हङकङमा सामानहरू पठाए र उक्त सामना गन्तव्य उत्तर कोरिया पठाईएको थियो ।

प्रतिक्रिया