हामी नेपालीहरू प्रकृतिपूजक हौँ । हामी माटोको पूजा गर्छौ । प्राण वायु भनेर हावाको पूजा गर्छौ । प्राण बचाउने जल अर्थात पानीको पूजा गर्छौँ । खोलानाला ,कुवा र धाराको पूजा गर्छौँ । ढुँगा माटोमा उम्रिएका रूख बिरुवाको पूजा गर्छौँ । त्यहीँबाट उत्पादन हुने अन्नपातको पूजा गर्छौँ । हामीलाई संरक्षण गर्ने जनवारहरूको पूजा गर्छौँ । गाई ,गोरू, कुकुर ,काग ,भैंसी, सर्प मुसा ,जस्ता जनवार र पन्छीहरूको पूजा गर्छौं । आकाशको पूजा गर्छौँ । नवग्रहहरूको पूजा गर्छौ ।
“आदिदेव नमस्तुभ्यं प्रसिद्ध मम् भाष्कर
दिवाकर नमस्तुभ्यं प्रभाकर नमोस्तुते”
भन्दै सूर्यको पूजा गर्छौँ । चन्द्रमाको पूजा गर्छौ । पितृहरूको पूजा गर्छौँ । हामी दिदीबहिनीको तीजमा पूजा गर्छौँ मिठा परिकारहरू बनाएर खुवाउँछौँ । उपहारहरू दिन्छौ । तिहारमा दाजुभाइको पूजा गर्छौँ । उपहारहरू दिएर खुशी बाँड्छौँ । मह पूजामा आफ्नै पनि पूजा गर्छौँ । कुशेऔँसीमा बुबाको पूजा गर्छौँ र मिष्ठान्न भोजन गराउँछौँ । माता तीर्थ औँशीमा आमाहरूको मुख हेर्ने दिन मनाउँछौँ । एक दिन भए पनि मिठा परिकार फलफूलले सत्कार गर्छौँ । पूजा गर्छौँ । नयाँ वस्त्रहरू पहिर्याइ दिएर घुम्न लैजान्छौँ । तर हामीसँगहजुरबा र हजुरआमाको त्यस्तो कुनै दिन छैन । उहाँहरूसँग नातिनातिनाको कस्तो प्रगाढ सम्बन्ध हुन्छ ।
हामी कतीपय मानिसहरू हजुरबा र हजुरआमाकै काखमा खेलेर हुर्किएका छौँ । उहाँहरूले सुनाएका दिव्य वचनका कथाहरू र गाथाहरू अझै पनि हाम्रो कानमा गुन्जिरहेका हुन्छन् । यो प्रगाढ सम्बन्धलाई सुमधुर बनाएर लैजानु पर्छ । अभिव्यक्त गरिनु पर्छ । हजुरआमा हजुरबा सदैव पूजनीय हुनु हुन्छ । स्तुत्य हुनु हुन्छ । उहाँहरूको पनि सम्मान गर्ने एक दिवस मनाइनु पर्छ भन्दै सन २०२२ को भानु जयन्तिका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास क्यानडाले मंशिरको तेश्रो सनिवारलाई हजुरबुबा हजुरआमा दिवस मनाउने घोषणा गर्यो । २०२२ र २०२३ मा क्यानडा अमेरिका अष्ट्रेलिया र नेपालका केही स्कुल र परिवारहरूले भर्चुअल र प्रत्यक्ष रूपमा दिवस मनाए । २०२३ को हजुरबुबा हजुरआमा दिवसलाई अनेसास केन्द्रले समन्वय गरी मनाइएको थियो । २०२४ मा सर्वज्ञ वाग्लेको नेतृत्वमा अनेसासकोनयाँ नेतृत्व चयन भयो ।
क्यानडाबाट थालनी भएको यो कार्यलाई विश्वव्यापी गरिनु पर्छ भन्दै नयाँ कार्यसमितिले अनुमोदन गर्यो । अनेसासले केन्द्रले प्रधान मन्त्रीको अमेरिका भ्रमणको अवसरमा नेपाली राष्ट्रपोशाक दिवस र हजुरबा हजुरआमा दिवसको घोषणा गरी पाँउ भन्दै प्रमंलाई ज्ञापन पत्र दियो । नेपाल भित्र लगाइने सबै पोशाकहरू जस्तो दौरासुरूवाल, कोट, टोपी ,घलेक , गाम्छा, धोती कुर्था ,बख्खु ,गुन्यू चोलो , पटुका, साडी ब्लाउज, हाकुपटासी ,पछ्यौरा आदि लगाउने र नेपाललाई विश्वभर नै पहिचान दिने दिवसका रूपमा मनाउने ग्यापन पत्रमा उल्लेख गरीएको छ । सोही ज्ञापन पत्रलाई अनेसासका पूर्व केन्द्रिय महासचिव सुरेन उप्रेती केन्द्रिय सदस्य तारा उप्रेती र नेपाला च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले माननिय संस्कृति मन्त्री बद्रि पाण्डेलाई प्रदान गरे । संस्कृतिमन्त्रबाट कार्यान्वयनका लागि मन्त्रालयका सचिवलाई तोकआदेश भएको छ ।
नेपाल सरकारबाट नै यी दिवसहरूको घोषणा भएमा विश्वभर नै नेपाल र नेपालीहरूको पहिचान पुग्ने छ । र यो ऐतिहाँसिक कार्यले नेपाललाई विश्वभर चिनाउने छ । हजुरबा हजुरआमा दिवसले नातिनातिना र हजूरबाआमाको मधुर संबन्धलाई अझ मज्वूत बनाउने छ । सबै यूवायूवतिहरूलाई नेपाली संस्कृति र सभ्यताप्रति सचेत र नतमस्तक बनाउने छ । यो २०८१ साल मंसिर २२ गते शनिवार अनेसास केन्द्रको आयोजनामा विश्वभर नै हजूरबाआमा दिवस जूममार्फत मनाइँदै छ । सोही दिन गीतकार सुरेन उप्रेतीको रचना राधेश्याम मालाकारको संगीत मेलिना राई र विश्व नेपालीको स्वरमा “हजूरबुबा हजूर आमा मन्दिरका हुन गजूर बुबाआमा देवी देउटा घर नै मन्दिर हो हजूर” गीतको सार्वजानिकिकरण पनि हुनेछ । जूमलिंक फोटोमै राखिएको छ ।
साहित्यकार/कवि
प्रतिक्रिया