अलबिदा विवेक एवं सुरेश ! हार्दिक श्रद्धान्जली

इनेप्लिज २०८१ मंसिर १५ गते २:१७ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली गत नोभेम्बर २२ शुक्रबार बिहान गम्भीर सडक दुर्घटनामा परी निधन भएका होनहार युवा विवेक सुवेदी र सुरेश केसीको अन्तिम दाहसंस्कार गरिएको छ ।

नोभेम्बर २९ शुक्रबार २ बजे अन्तिम संस्कार सुरु भै करिव ४ बजे समापन गरियो छ । अब उनिहरु कहिले नफर्कने गरि सबैको लागि सदैको लागि बिदा भएका छन् । उनिहरु अर्कै लोकमा बिलय भएका छन् ।

गत हप्ता निधन भएका दुवैको दाह संस्कार हिन्दू परम्परागत अनुसार गरिएको छ । डिसी महानगर क्षेत्रमा आयोजना गरिएको अन्तिम संस्कारमा नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो भने वातावरण निकै भाबुक बनेको थियो । यसरी एकै पटक दुई जनाको दाह संस्कार बिरलै अवस्थामा गरिन्छ । तर यी दुई होनहार युवाहरु सपनाको देश अमेरिकामा आएको धेरै समय नभई ज्यान गुमाउदा सारा संसारलाई रुवाई दिएका छन् ।

समुदाय भाव बिभोरको साथै अत्यन्तै मर्माहत र दुखी भएको छ । आफ्ना परिवारको लागि सपना बोकेर आएका बिबेक र सुरेशले हामी सबैलाई छोडेर गएका छन् ।

स्मरण रहोस ,परिवारका सदस्यहरू तथा आफन्तजनहरूको समेत सल्लाह र सुझावमा सुवेदी र केसी दुवैजनाको अन्तिम दाहसंस्कार गरिएको हो । दाह संस्कार अमेरिकामा भएता पनि काज क्रिया नेपालमै गरिने छ ।

आज भएको अन्तिम संस्कारको लागि मेरील्यान्ड राज्यका नेपाली मूलका प्रथम सांसद डा ह्यारी भण्डारी समेत मेरिल्याण्डबाट आएका थिए । यो दाह संस्कारमा उनि र उनको कार्यालयले ठूलो समन्वय गरेको थियो । अन्तिम संस्कारमा डा ह्यारी भण्डारी, दुर्घटना भए देखि अहोरात्र खट्ने तथा गो फन्ड मी संचालनमा ल्याउने समुदायको तर्फबाट योगेश श्रेष्ठ ,विष्णुहरी कुशहरी,‬ आशिष शंग्रौला ,निशेष भट्टराई लगायतले उनीहरुको बारेमा बोलेका थिए ।

दाह संस्कार हिन्दू परम्परागत गरिएको थियो भने गुरु डिल्ली राम अधिकारीले सबै बिधि गराएका थिए । उनले मृत्युन्जय मन्त्र समेत वाचन गरेका थिए । दुवैको शवलाई शवगृह भित्र लगि उनीहरुका नजिक तथा आफन्तले बिधुयुतबाट शव जलाउनु पर्ने हुनाले अधिकारीहरुले उनीहरुलाई निर्देश बमोंजिम उनीहरुले बिद्युतको स्विच (नियन्त्रक )थिचेका थिए ।

भर्जिनिया राज्यको लाउडन काउन्टी शेरिफ कार्यालय लिजबर्गले गत नोभेम्बर २५ सोमबारका दिन नाम र उमेर सार्वजनिक गरेको थियो । प्रहरीले जारी गरेको बिज्ञप्तिमा अनुसार बर्दियाका बिधार्थी बिबेक सुबेदीको उमेर २२ बर्ष र रुकुमका सुरेश केसीको उमेर २१ बर्ष भएको जनाएको थियो ।

छोटो तथा अल्पायुमै २२ र २१ बर्षमै दुवैले संसारबाट बिदा लिएका छन् । दुवै जना भर्जिनिया राज्यको एल्डी नामक शहरमा बसोबास गर्ने गर्थे । गत नोभेम्बर २४ आइतबारका दिन दिउसो ३ बजे घटना भएको छेउछाउमा दुवैको सम्झनामा प्रार्थना सभा समेत आयोजना गरिएको थियो ।

गाडी चलाउने चालक अल्डी कै ३० वर्षीय विजय तामाङलाई अनैच्छिक हत्याको अभियोग लगाइएको छ । उनलाई लाउडन काउन्टी वयस्क कारागारमा धरौटी बिना राखिएको छ। मदिरा सेवन दुर्घटनाको कारण भएको प्रहरीले आशंका गरेको छ भने अनुसन्धान जारी रहेको छ ।

भर्जिनिया लाउडन काउन्टी पार्कवे नामक सडकमा भएको दुर्घटनामा बिबेक र सुरेशहरूका अर्का साथी मेहुल श्रेष्ठ गम्भीर घाइते भएर अझै अस्पतालमा रहेका छन् ।

बिबेक,सुरेशको परिवारलाई आर्थिक सहयोग गर्न र मेहुललाई सहयोग गर्न यहाँ थिचु होला :

https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_

यस दुखद घडीमा ईनेप्लिज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

तस्बिर कृतज्ञता :गुणराज लुइँटेल

प्रतिक्रिया