काठमाडौं, १३ मंसिर,
गुञ्जन (नारी साहित्य संस्था)ले आयोजना गरेको इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य ‘अचला’को विमोचन भद्रकुमारी घले निवास ‘भद्रकुमारी घले सेवा सदन’ मैतीदेवीमा भएको सम्पनन भयो । गुन्जन नारी साहित्य सॅंस्थाकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्टको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा वयोबृध्द साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा सुश्री भद्रकुमारी घलेले इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य ‘अचला’ ले नेपाली साहित्यमा एउटा इट्टा थप्ने काम गरेकोछ भन्नुभयो । म एक जनजातीकी छोरीले आज पन्चानब्बे वर्ष हुँदै गर्दा दुइ सय बयानब्बे किताब लेखें भने तपाईहरु पनि लाग्नुस यसको लागि मेरो आर्शिवाद छ भन्दै सबै साहित्यकारलाई आशिर वचन दिनुभएको थियो ।
साहित्यकार जलेश्वरी श्रेष्टले साहित्यमा उमेरहो हद लाग्दैन, मैले पनि पारिवारिक पृष्टभूमिबाट पार पाएपछि मात्र लेख्न थालेकी हुं भन्दै काव्य लेखिका इन्दिरा दीक्षितलाई सफलताको कामना गर्दै नयॉं कृतिको लागि बधाई दिनुभयो ।
खण्डकाव्यको समीक्षा गर्दै प्रा.डा. लेखप्रसाद निरौलाले कृति अत्यन्त मार्मिक र सरल ढंगले लेखिएको हुँदा सबैले लय मिलाएर पढ्नसक्ने बताउनुभयो । उहाँले कृतिमा चारवटा आख्यानात्मक/ निवब्धनात्कमक सिर्जनधर्मिताबाट अझै अन्तमुर्खी हुँदै काव्यात्मक लालित्यतर्फ उन्मुख पाँचौ उपहारका रुपमा अचलाले प्रवेश पाएको बताउनुभयो । यसले काव्यकी नायिका अचलाका रुपमा स्वयम उर्वरा भुमिझै जीवनजगतमा पूर्णता दिन चाहेको देखिएको बताउनुभयो । यसले नेपाली साहित्यलाई अझैं जीवन्त बनाएको उहाँको भनाई थियो ।
शमी साहित्य प्रतिष्ठानका संरक्षक तथा ‘अचला’ खण्डकाव्यका प्रकाशक डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति र स्रष्टाका संरक्षण, सम्वर्धन र प्रवद्धन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि सबैभन्दा पहिला हामी आफैं सुध्रिनु पर्ने बताउनुभयो । जबसम्म कृतिहरु हामी आफैंले किनेर पढ्दैनौ तबसम्म नेपाली साहित्यको कहिल्यै पनि उन्नती र प्रगति नहुने बताउनुभयो । उहाँले साहित्यका पुस्तकहरु किनेर पढ्ने संस्कारको विकास हुन आवश्यक भएको तर्क प्रस्तुत गर्दै यसबाट मात्र लेखक र प्रकाशक दुवैलाई न्याय हुने बताउनुभयो ।
लेखक इन्दिरा दीक्षितले यो कृतिलाई सबैले ग्रहण गरी सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । उहाँले मैले आफ्नो गृहस्त जीवनबाट मुक्त भएपछि लेखन कार्य थालेको र चावटा आख्यानात्क कृति पछि छन्दतिर फड्को मारेर यो कृति ल्याउन सफल भएको बताउनुभयो ।
वि.सं. २०२२ असोज २५ गते पिता बद्रीनाथ दीक्षित र माता विष्णुकुमारी अर्यालको कोखबाट जन्मएकी इन्दिराका सम्बन्धका घुम्तीहरु (कथासङ्ग्रह), विचरित पाइलाहरु (नियात्रासङ्ग्रह), परदेशी मित्र (कथासङ्ग्रह) गतिशिल जिन्दगी (संस्मरणसङ्ग्रह) यस अघिनै प्रकाशन भइसकेका छन्।
प्रतिक्रिया