धनगढी । सुदूरपश्चिमको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि आउने विरामीले सहज र सरल रुपमा उपचार पाउन नसकेका गुनासाहरु विगत देखिनै आउने गरेका थिए र ती गुनासाहरु अँझै यथावतनै छन् ।
सेती धप्रादेशिक अस्पतालमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट आउने गरिव विपन्न मानिसहरु बढी हुने गरेको भएपनि समयमा उपचार नपाएपछि उनिहरु धनगढीका प्राईभेट अस्पतालमा जान बाध्य पारिएका हुन्छन् ।
पित्तथैलीमा स्टोन भएर अप्रेसनका लागि सेती प्रादेशिक अस्पतालमा धाउन लागेकी कैलालीी एकजना दलित महिलाको अप्रेसनको पालो आउन अँझै एक महिना कुर्नुपर्ने अवस्थाको ससर्जना अस्पतालले गरेको छ ।
ती महिलाले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भनिन् नाम भनौं भने डाक्टरले उपचार विगारिदेलान । म जस्ता कैयौं विरामीहरुले अप्रेशनका लागि महिनौं पालो कुर्न पर्ने अवस्था छ । बेलैमा उपचार नपाएर मानिसहरुले अकाल्मै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य कहिले होला ? यस्तै सुटी, एमआर आई भिडियो एक्सरेका लागि समेत लामो समय कुर्न पर्ने बाध्यताका कारण पनि प्राईभेट अस्पतालका ऐजेन्ट र कर्मचारीहरु आएर विरामीलाई प्राईभेटमा लैजानका लागि विभिन्न आश्वासनहरु दिने गरेको पनि कतिपय विरामीहरुको भनाई रहेको छ ।
एकजना हात जोर्नीका विरामीले भने मेरो हातमा अप्रेसन गरेको एक बर्ष भयो, रड निकाल्नका लागि समेत पालो पाइएको छैन । पर्खिनुस् भनेपछि पटक पटक अस्पतालमा बुझ्न आउने गरेको भएतापनि पालो कहिले आउने हो त्यो पनि थाहा छैन । उनले पनि आफ्नो नाम नलेखि दिने शर्तमा भने , एकजना प्राईभेट अस्पतालका कर्मचारी आएर बाहिर अरु अस्पतालमा आजै अप्रेशन हुन्छ । ४५ हजार जति लाग्छ भन्दै आश्वासन दिएको भएतापनि आफु त्यतातीर नगएको बताउँछन् ती विरामी ।
दिनमा नौ जना भन्दा बढीको एमआरआई नहुने, भेडियो एक्सरे र सिटी स्क्यानपनि २५ जना भन्दा बढी नहुने ,अप्रेसनका लागि त तीन महिना सम्म पालो कुर्नपर्ने चरम बाध्यता सिर्जनागर्ने परम्पराका कारण पनि विरामीहरु थकित भएर प्राईभेट अस्पतालमा जान बाध्य भएका हुन ।
सेती प्रादेशिक अस्पताललाई गरिव विपन्नको पक्षमा ल्याउनका लागि आफुले खुबै प्रयास गरेको भएतापनि केही जन विरोधी र घुस्याहा कर्मचारी जो लामो समय देखि सेती प्रादेशिक अस्पतालको रसहल दोहन गरिरहेका छन् उनिहरुका कारणनै अस्पतालले सदने सेवा प्रभावकारी हुन नसकेको कुरा सेती प्रादेशिक अस्पताल विकास समिति धनगढीका अध्यक्ष नर बहादुर शाहको रहेको छ ।
आफु बहाल भएपछि नयाँ भवनमा सेवा विस्तार गरिएको । सर्जिकल वार्डलाई व्यवस्थित गरिएको, डिजिटल भिडियो, दूई स्थनामा आईसियू सञ्चालन,एक्सरे,एमआरआई,सिटी स्क्यानलाई सुचारु गर्ने, मिर्गौला रोगीका लागि डाईलेसिस सेवा प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने कार्य देखि लिएर कर्मचारी व्यवस्थापन र परिचालनलाई शसक्त बनाउने कार्य भएतापनि लामो समयदेखि अस्पतालमा जरा गाडेर बसेका केहि कर्मचारी संयन्त्रका कारण मात्र सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी हुन नसकेको कुरा अध्यक्ष शाहले बताएका छन् ।
विगतमा भएका कमिकमजोरीलाई आफ्नो पालामा अन्त्य गर्ने ठूलो कोशिस भएको, अस्पतालको प्रशासन संयन्त्रलाई फेरबदल गर्ने, अस्पताल हातामा सुधार ल्याउने, कर्मचारीका दरबन्दीलाई परिपुर्ति गर्ने लगायतका कार्यहरु थालिएको भएतापनि कतिपय जनविरोधी तत्वले भने कामनै नगरेर प्राईभेट अस्पतालको पक्षमा काम गरिरहेका गुनासाहरु बाहिर आएको पनि अध्यक्ष शाहले बताए ।
अस्पतालमा भैरहेको सेवाका बारेमा आफु प्रत्येक दिन छड्केमा निस्कने , अनुगमन गर्ने लगायतका कार्यहरु नियमित रुपमा गरिरहेको भएतापनि कहिले काँही सुन्न नपर्ने घटनाहरु सुनिदा अलि नमजा लाग्ने गरेको, सके सम्म अस्पतालको सेवालाई प्रभावकारी होस् भन्ने आफ्नो कोशीस भने निरन्तर जारीनै रहेको कुरा अध्यक्ष शाहले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा रहे सम्म निरन्तर रुपमा विरामीको हक हित र अस्पताल सुधारका पक्षमा आफ्नो दायित्व निर्वाह गर्ने कुरामा कुनैपनि कसर बाँकी नराख्ने समेत अध्यक्ष शाहले बताए ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया